जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको प्रचण्डको दावी


नेपाल दर्पण, डोटी ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको दावी गरेका छन् । शुक्रबार (जेठ २)देखि सुरु ‘जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियान’अन्तर्गत शनिबार डोटीमा आयोजित सभामा उनले आफ्नो दललाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतबाट सत्तामा पु¥याएको बताए ।
उनले भने, “हामीलाई तपाईं हामी जस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग एवं समुदायले विस्तृत शान्तिसम्झौता हुँदै तीनपटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पु¥याएका हुन् ।” अध्यक्ष दाहालले आत्मालोचना गर्दै आफूहरू जनतामाझ आएको र उनीहरुका पीरमर्का बुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताए । अध्यक्ष प्रचण्डले आत्मालोचना गर्दै आफूहरू जनतामाझ आएको र उनीहरूका पीरमर्का बुुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताए ।