मिश्रसहितलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

नेपाल दर्पण, काठमाडौं ।

राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रसहित चैत १५ गते काठमाडौंमा भएको आन्दोलनपछि पक्राउ परेकाहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका एक अधिकारीले दिएको जानकारीअनुसार मिश्रसहितलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । मिश्रमाथि आपराधिक उपद्रवमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध सातौं पटक हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको हो । सोही प्रकरणमा पक्राउ परको राप्रपाका महामन्त्री एवं सांसद धवलशमशेर जबरा भने उपचारका लागि हाजिर जमानीमा छुटिसकेका छन् । चैत १५ गते गरेको आन्दोलनका कमान्डर दुर्गा प्रसाईंले आफू क्यान्सरको बिरामी भएकाले जमानीमा बस्न पाउँ भनी निवेदन दिएको हुँदा उनलाई चिकित्सकको निगरानीमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

गत चैत १५ गते तीनकुनेमा राजावादी समूहले कार्यक्रम आयोजना गरेका थिए । उक्त कार्यक्रम हिंसात्मक बन्दा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीहरुले व्यक्तिगत घर, व्यवसाय स्थल र सरकारी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *