रविन्द्र मिश्र र धवल शमशेरलाई अदालतमा उपस्थित गराइएयो, स्वागत नेपाल रिहा


नेपाल दर्पण, काठमाडौं ।
राजावादीहरूको प्रदर्शनमा हिंसा भत्काएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र प्रतिनिधिसभा सदस्यसमेत रहेका धवल शमशेर राणालाई सरकारी वकिलको कार्यालय हुँदा काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । राप्रपा नेताहरूलगायत पक्राउ परेकाहरूलाई राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन प्रहरीले अदालतसमक्ष उपस्थित गराइएको हो ।
प्रहरीले अनुसन्धानका लागि म्याद थप्न आइतबार अदालतमा उपस्थित गराएको हो । चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनमा दुई जनाको ज्यान जानुको साथै थुप्रै निजी सम्पत्तिमा क्षति पु¥याइएको थियो । प्रदर्शनकारीले मिडिया लक्षित आक्रमणसमेत गरेको थियो ।
यस्तै अदालतले दुबैलाई उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ । मिश्र र जबराले आफूलाई सन्चो नभएको बताएपछि अदालतले प्रहरीलाई उपचारको व्यवस्था गर्न आदेश दिएको हो । अदालतले मिश्र र जबरासहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । अदालतले अन्य ३० जनालाई चारदिन हिरासतमा राख्न अनुमति दिएको छ । चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ गरेका कानुन व्यवसायी तथा जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई प्रहरीले रिहा गरिसकेको छ ।