राजसंस्था पुर्नस्थापना लागि नेतृत्व लिङ्देनले गर्ने, कमाण्डर सुवेदी

नेपाल दर्पण, काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुर्नस्थापना लागि आन्दोलनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गर्ने भएको छ । यही चैत १२ गते अध्यक्षको नेतृत्वमा रहेको आन्दोलन मूल समितिको बैठक बस्ने प्रवक्ता ज्ञानबहादुर शाहीले जानकारी दिए ।

आज बसेको कार्यसम्पादन समितिको बैठकले आन्दोलन परिचालन समितिको भूमिका खुम्च्याएको छ । दरबारले नवराज सुवेदीलाई आन्दोलनको कमाण्डर बनाएको चर्चा छ नि भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘कसले भनेको ? चिठीपत्र कसैले फेला पार्नुभएको छ ? अडियो सडियो, भिडियो छ ? त्यस्तो छ भने पनि मेरो जानकारीमा छैन । राप्रपालाई थाहा छैन । म त्यो समितिमा बस्दिनँ भनिसकेको छु ।’

यद्यपि, जुनसुकै शक्तिले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दा राप्रपा खुशी हुने लिङदेनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *