गणतन्त्रले जनतामा आशा नजगाउदा राजतन्त्रको मागः कोइराला


नेपाल दर्पण, काठमाडौं ।
नेपाली कांग्रेसका सांसद डा. शेखर कोईरालाले गणतन्त्रले जनतामा आशा, भरोसा जगाउन नसक्दा राजतन्त्रको माग भएको बताएका छन । उनले जनतालाई खुशी दिन नसक्दा राजतन्त्रको माग गर्दै नागरिकहरुले प्रदर्शन गरेको बताएका छन् ।
भापामा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै उनले राजा फर्काउनुपर्छ भन्नेकुरा नेपालमा मात्र नभइ फ्रान्स लगायतका देशहरुमा पनि हुने गरेको भन्दै नागरिकहरु असन्तुष्ट हुँदा अहिले प्रदर्शन भएको बताए । गणतन्त्रले जनतामा आशा, भरोसा जगाउन सक्यो की सकेन भन्नेकुरामा ध्यान दिन जरुरी हुने बताए । उनले राजतन्त्र फर्किने आफूलाई विश्वास नरहेको जिकिर गरे । गणतन्त्रका रक्षकहरुले राम्रो काम गरेर देखाउनुपर्ने बताए ।