ओली भ्रष्टाचारीको संरक्षक, अहिलेको नेता पूर्वराजा ज्ञानेन्द्रः अधिवक्ता नेपाल

नेपाल दर्पण, काठमाडौं ।

अधिवक्ता स्वागत नेपालले स्वतन्त्र नागरिकहरुले अब राजालाई यो देशको प्रमुख नेताहरुको रुपमा राख्नेगरी अभियान सुरु गरेको बताएका छन । देश नै राजासंस्थाको अभियानमा रहेको उनको तर्क छ । एउटा मिडीयामा दिएको अन्तरवार्ताको क्रममा उनले अहिले दुर्गा प्रसाईँमात्रै नभएर सबै आन्दोलनमा रहेको र आन्दोलनको नेतृत्व पूर्वराजा ज्ञानेन्द्रलेनै गरेको ठोकुवा गरेका छन । उनले ज्ञानेन्द्रले जुम्लाबाट सबैलाई सहकार्यका लागि आह्वान गरिसकेको बताए ।

जुम्लामा उहाँले अब हामी सहकार्यका लागि सबै अगाडि बढौं म सहयोगी भूमिका निर्वाह गर्छु भन्ने अभिव्यक्ति दिनुभएको थियो । त्यो अभिव्यक्तिलाई अनदेखा गरेर राप्रपाकै नेताहरुले संसद्मा आवाज उठाएनन् । अब आह्वान भएको छ, नेता उहाँ नै हो । कसैले नेता हुन्छु भनेर नसोचे हुन्छ । स्वतन्त्र नागरिकहरुले अब यो गर्छन्,’– उनले भने । अहिले हामी सबैको नेता भनेको राजा हो ।

साथै, फरक प्रसंगमा अधिवक्ता नेपालले प्रधानमन्त्री केपी शर्मा भ्रष्टाचारीको संरक्षक नै रहेको आरोप पनि लगाएका छन । ओलीको कम्बोडियामा लगानी रहेकोमा आफू एक सय प्रतिशत विश्वस्त रहेको बताए । नचोरेको कुरा प्रमाणित गर्ने कि प्रमाण देखाउनेसँग अरु थप प्रमाण माग्ने ? आएको छ त मिडियामा सबै । मिडिया जहिले पनि अदालतको लागि प्रमाणको स्रोत हो । त्यो कागजपत्रमा उहाँको नाम छ । उहाँले पैसा जम्मा गरेको प्रमाण छ । उहाँले संसद्मा जवाफ दिनुपर्यो । आफ्ना कार्यकर्ता बोलाएर मेरो कम्बोडियामा लगानी छैन नि है भनेको भरमा हुन्छ । उहाँलाई पैसा नचाहिने भए महाकाली किन बेच्नुभयो ?’ प्रश्न गर्दै उनले भने । कम्बोडियामा (केपी शर्मा ओलीको) एक सय प्रतिशत लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *