बाबुराम भट्टराई बने नेसपा (नयाँ शक्ति) को अध्यक्ष, छोरी मानुषी उपाध्यक्ष

नेपाल दर्पण, काठमाडौं ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका प्रत्याशी नेत्र चापागाईँलाई फराकिलो मतान्तरले पराजीत गर्दै डा.भट्टराई निर्वाचित भएका हुन् । कूल ८७३ मत खसेकोमा भट्टराईले ८०२ मत पाएका छन् भने उनका प्रतिस्पर्धी चपागाईँले जम्मा ७१ मत पाए ।

यस्तै महिला उपाध्यक्ष, दलित उपाध्यक्ष र कोषाध्यक्षसहित २० जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका थिए भने ७० पदका लागि निर्वाचन भएको थियो । महिला उपाध्यक्षमा डा.भट्टराईकै छोरी मानुषी यमी भट्टराई, दलित उपाध्यक्षमा दर्गा सोव र कोषाध्यक्षमा हरि रिजाल निर्विरोध निर्वाचित भएका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा पत्रकार सम्मेलन राखिएको हो । आइतबारदेखि प्रज्ञा भवनमा नयाँ शक्तिको महाधिवेशन सुरु भएर नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । यसअघि महाधिवेशनको बन्दसत्रबाट भट्टराईले पेस गरेको राजनीति तथा सांगठनिक प्रतिवेदन अनुमोदन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *