कुम्भ मेलामा जाँदै गरेको बस सुर्खेतमा र विद्यार्थी बोकेको बस काठमाण्डौमा दुर्घटनाग्रस्त

नेपाल दर्पण, काठमाडौं ।

भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा जाँदै गरेका तीर्थ यात्री सवार बस सुर्खेतमा दुर्घटनाग्रस्त भएको छ । बस रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ जाँदै गर्दा भे १ ख ४३३१ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार बसमा ४० जना यात्रुहरूको सवार थिए ।

दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ । हालसम्म १५ जना बढीको उद्धार गरेर कोहलपुरतर्फ पठाइएको प्रहरी चौकी बबईले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी चेपाङ बर्दिया र बबईको टोलीमा घटनास्थलमा खटिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।

यस्तै, काठमाडौँको दक्षिणकालीमा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । बा १ क ५६६४ नम्बरको बस दुर्घटनामा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । दक्षिणकादी नगरपालिका–३ फर्पिङमा आज दिउँदो ४ बजेको समयमा उक्त दुर्घटना भएको हो । बसका ५० जना जति विद्यार्थी सवार रहेको बताइएको र विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *