दिल्लीमा २७ वर्षपछि भारतीय जनता पार्टी बहुमतका साथ सत्तामा फर्कियो

तश्विरः गुगलबाट

नेपाल दर्पण, काठमाडौं ।

भारतको दिल्लीमा २७ वर्षपछि भारतीय जनता पार्टीले बहुमतले जितेको छ । दिल्ली विधानसभा निर्वाचनमा भाजपाले २७ वर्षपछि बहुमत प्राप्त गरेको हो । भाजपाले दिल्लीका ४८ सिट जितेको छ । दिल्लीमा सरकार बनाउन आवश्यक बहुमतको संख्या ३६ हो । सत्तारूढ आम आदमी पार्टीले २२ सिट जितेको छ ।

सन् १९९८, २००३ र २००८ को विधानसभा निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसले दिल्लीमा बहुमत प्राप्त गरेको थियो । र, सरकार बनाएको थियो । २०१३ मा दिल्लीमा कुनै पनि दलले बहुमत प्राप्त गरेनन् । तर, कांग्रेसको समर्थनमा आम आदमी पार्टीले सरकार बनाएको थियो । उक्त सरकार ४९ दिन मात्र टिकेको थियो । २०१५ मा आम आदमी पार्टीले दिल्लीमा ७० मध्ये ६७ सिट जित्यो । २०२० मा पनि आम आदमी पार्टीले ७० मध्ये ६२ सिट जितेर सत्तामा फर्किएको थियो ।

चुनावमा आप प्रमुख तथा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल पराजित भएका छन् । केजरीवाल भाजपाका प्रवेश बर्मासँग ४ हजार ८९ मतान्तरले पराजित भएका हुन् । दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया पनि पराजित भएका छन् । उनी भाजपा उम्मेदवार तरविन्दर सिंह मारवाहसँग पराजित भएका हुन् । चुनावमा वर्तमान मुख्यमन्त्री आतिशी भने विजयी भएकी छिन् । उनले भाजपाका रमेश बिधुडीलाई ३ हजार ५ सय मतले पराजित गरेकी हुन् । भारतको संघीय संसद्को प्रमुख प्रतिपक्षी दल भारतीय नेशनल कंग्रेसले भने कुनै पनि सिट जित्न सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *