सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

नेपाल दर्पण, काठमाडौं ।

सिंहदरबारस्थित खानेपानी मन्त्रालयको तेस्रो तलामा शनिबार आगलागी भएको छ । मन्त्रालय भवनको माथिल्लो तलामा आगलागी भएको हो । सिंहदरबार प्रहरीका अनुसार मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो ।

उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ । आगलागीबाट मन्त्रालयका केही कोठाहरूमा क्षति पुगेको जनाइएको छ । आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन ।

अहिले प्रहरीले बारुणयन्त्रको सहायताले आगो निभाउन प्रयास गरिरहेको छ । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन । आगलागी केकारणले भएको हो खुल्न सकेको छैन । कर्मचारी र प्रहरीले प्रयासमा अहिले आगो नियन्त्रणमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *