५४ लाख बैंक ग्यारेन्टी बुझाएर रवि चितवन अदालतबाट छुटे

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन जिल्ला अदालतमा ५४ लाख बैंक ग्यारेन्टी बुझाएर छुटेका छन् । न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतको आदेशबमोजिमको बैंक ग्यारेन्टी बुझाएर लामिछाने हिरासत मुक्त भएका छन् ।

बिहीबार चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि सञ्चारकर्मीसँग बोल्दै लामिछानेले भने, ‘चितवन देवभूमि हो, परिवर्तनको सुरुआत यहीँबाट हुन्छ ।’ यही भूमिबाट देशले न्याय पाउने कुरामा आफू विश्वस्त रहेको बताएका छन् । उनले जालझेलपूर्ण ढंगले सांसद पद निलम्बन गरेकोमा आक्रोश व्यक्त गर्दै चितवनले परिवर्तन जन्माउन खोजेको बताए । “यो एउटा प्रसव पीडा हो । चितवनले परिवर्तन जन्माउन खोजेको छ । प्रसवपीडाको बेला आमालाई जस्तो पीडा हुन्छ, त्यस्तै परिवर्तनका लागि भएको प्रसवपीडा हो । यो पीडामा कोही रुनु पर्दैन,“ उनले भने, “परिवर्तनको जन्म भएरै छाड्छ ।“

चितवनका सहारा सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने हिजो आफैं अदालतमा उपस्थित भएका थिए । हिजो नै लामिछानेको बयान सकिएर थुनछेक बहस भएको थियो । हिजो थुनछेक बहस नसकिएपछि लामिछानेलाई अदालतले न्यायिक हिरासतमा पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *