सामाजिक सञ्जाल चलाउनेलाई नेपालमा दर्ता गर्न सरकारले जारी गर्यो सुचना

नेपाल दर्पण, काठमाडौं ।

सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने वा सञ्चालनमा रहेका व्यक्ति, कम्पनी वा संस्थाले नेपालमा दर्ता गर्न सुचना जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता हुन भनेको हो । साथै कम्पनी नेपालमा दर्ता गर्न र सम्पर्क व्यक्ति तोक्नसमेत भनेको छ ।

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०६० को दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने वा सञ्चालनमा रहेका व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने तथा सोही निर्देशिकाको दफा ६ मा उल्लिखित व्यक्ति, कम्पनी वा संस्थाले नेपाल भित्र सम्पर्क बिन्दु (पोइन्ट अफ कन्ट्याक्ट) को व्यवस्था गर्नुपर्ने उल्लेख रहेको स्मरण गराएको छ ।

नेपालमा फेसबुक, युट्युब, एक्स (ट्वीटर), इन्स्टाग्राम, थ्रेड्स, एक्स, टिकटकलगायत विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल चर्चित छन् । यीमध्ये टिकटकले नेपालमा दर्ता प्रक्रिया सुरु गरेको छ भने अन्य कम्पनी नेपालमा दर्ता भएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *