रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता हुदै

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता हुने भएको छ । प्राप्त सूचना अनुसार जिल्ला सरकारी वकिल कार्यालय चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन कसुरमा मुद्दा दर्ताको अन्तिम तयारी गरेको छ । कार्यालयले लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गर्न खोजिरहेको छ ।

तर प्रतिवेदन अध्ययनकै चरणमा रहेको र अभियोगपत्र निर्माण चलिरहेकाले कति जना र कम्पनी भन्ने विषयमा यकिन भइनसकेको एक अधिकारीले भने । उनले थपे, ’हामी अभियोजनपत्रको अन्तिम तयारीमा छौं, एक÷दुई दिनमै मुद्दा लैजाने भन्ने छ । यसअघि तथ्यंक नमिलेपछि कार्यालयले पुन यकिन गर्न भनेर फिर्ता गराएको प्रतिवेदनमा आवश्यक तथ्यांक प्रमाणिकरण गरी प्रहरीले उक्त प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएका कारण केही दिन ढिला भएको थियो ।

ठगी र संगठित अपराधमा प्रहरीले अनुसन्धान गरी प्रतिवेदन बुझाएको छ। उक्त सहकारीबाट कम्पनीलेसहित ५६ करोड २२ लाख बढी बिगो बराबरको रकम हिनामिना भएको प्रहरी प्रतिवेदनमा उललेख छ । लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी घटनामा ६० लाख र रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा १ करोड रकम सम्बन्धित जिल्ला अदालतमा बैंक धरौटी पेश गरेर छुटेका छन् । चितवन पछि पर्सामा पनि उनीविरुद्ध जाहेरी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *