धनराज गुरुङले शुरु गरे ‘हेल्लो धनराज’


नेपाल दर्पण, काठमाडौं ।
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि डिजिटल सुनुवाइ प्रणाली ‘हेल्लो धनराज’ सुरु गरेका छन् ।
‘मैले जनतासँग प्रत्यक्ष सम्पर्क र समन्वयलाई प्रविधि मैत्री बनाउनका लागि हेल्लो धनराज नामक गुनासो तथा सुझाव फारमको सुरु गरेको हुँ,’ गुरुङले भनेका छन्, ‘मेरो निर्वाचन क्षेत्र र अन्य स्थानका जनतासँग म जनप्रतिनिधि भएकोले जनताप्रति जबाफदेही हुनुपर्छ भनेर यो थालनी गरेको छु ।’ जनतासँगको प्रत्यक्ष सम्पर्क र समन्वयलाई प्रविधिमैत्री बनाउन गुगलमा यो सुनुवाइ प्रणाली सुरु गरेको गुरुङले जनाएका छन् ।
जसमा आफ्नो निर्वाचन क्षेत्रभित्रका नागरिकले समस्या, गुनासो वा सुझावहरू भए गुगल प्रणालीमार्फत पठाउन सक्ने गुरुङले उल्लेख गरेका छन् । ‘यहाँ प्राप्त प्रत्येक गुनासोको गम्भीरताका आधारमा प्राथमिकता तोक्दै कुनै पनि भेदभाव नगरी समस्या समाधानका लागि पहल गर्नेछु,’ गुरुङले लेखेका छन् ।