नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित


नेपाल दर्पण, काठमाडौं ।
महिला टी–ट्वेन्टी आई त्रिकोणात्मक क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको छ । बिहीबार नेदरल्याण्ड्सले दिएको १ सय ५८ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि सीता रानाले २८, कविता जोशीले २७ तथा पूजा महतोले २४ रन जोडिन् । रुविना क्षेत्रीले ११ रन जोडेको खेलमा सम्झना खड्का ९, कप्तान इन्दू वर्मा ७ तथा कविता कुँवरले ८ रन जोडिन् । बलिङतर्फ नेपालकी पूजा महतो, कविता कुँवर, इश्वरी विष्ट र सीता राना मगरले समान १ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डेले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५७ रन जोडेको थियो । नेदरल्याण्डस्का लागि रोबिन रिजोर्कले अर्धशतक प्रहार गरिन् । रोबिन रिजोर्कले ४८ बलमा ८ चौकाको मद्दतमा ५९ रन जोड्दा इरिस जिग्लिङले नटआउट १३ बलमा ५ चौकोको मद्दतमा ३१ रन जोडिन् । त्यस्तै स्टिरि कलिसले २९ रन जोडेको खेलमा हेटर साइग्रेसले २३ रन थपिन् ।
एलिशा नेपालको यू–१९ विश्रुवकप टोलीमा थिइन् भने मनिषाले यसअघी यू–१९ टोलीबाट खेलेकी थिइन् । उनी भर्खरै सम्पन्न महिला पीएम कपमा सर्वाधिक विकेट लिने खेलाडी समेत थिइन् । आजको खेलबाट नेपालका लागि दुई खेलाडीले डेब्यू गरेका छन् । एलिशा कुमारी यादव र मनिषा उपाध्यायले डेब्यू गरेका हुन् । सिरिज माघ २५ गतेसम्म चल्नेछ । नेपालले अर्को खेल पर्सि १९ गते थाइल्याण्डसँग खेल्ने तालिका छ । यो सिरिज नेपाली महिला क्रिकेटका लागि महत्वपूर्ण हुने क्यानको दाबी छ ।