आइसीसी महिला यु–१९ विश्वकपको दोस्रो खेलमा पनि नेपाल पराजित

नेपाल दर्पण, काठमाडौं ।

आइसीसी महिला यु–१९ विश्वकपको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । मलेसियामा सोमबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको हो । नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्याण्डले ९ विकेटको क्षतिमा ८ बल बाँकी रहँदै पूरा गर्यो ।

उसका लागि पिपा स्प्रोलले जोडेको ३५ रननै जितको लागि आधार बन्यो । खेलमा नतिजा आफ्नो पोल्टामा परिसकेको अवस्थामा अन्तिममा सम्हालिन नसक्दा नेपालले पहिलो जित निकाल्नबाट चुकेको छ । यो हारसँगै सुपर सिक्समा पुग्ने नेपालको अवसर पनि गुमेको छ ।

टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा अलआउट हुँदै ७३ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको स्कटल्यान्डले १८.५ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । स्कटल्यान्डका लागि पिप्पा स्प्रउलले सर्वाधिक ३५ रन बनाइन् । त्यस्तै गब्रेइल्ला फोन्टेन्ला १२ रन र क्रिस्टी म्याकुल ६ रनमा अविजित रहे । नेपालका लागि रचना चौधरी र समा केसीले २–२ विकेट लिए भने पूजा महतो र क्रिस्मा गुरुङले १–१ विकेट लिए ।

यसअघि नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २ रन बनाइन् भने साबित्री गौतमले १० रन बनाइन । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *