पूर्व डीआईजी छविलाल जोशी ५० लाख धरौटीमा छुटे

नेपाल दर्पण, काठमाडौं ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । सोमबार जिल्ला न्यायाधीश ठाकुर खरेलको इजलासले जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

पूर्वडीआईजी जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, शतिशकृष्ण खरेल, अधिवक्ताहरू अपूर्वक खतिवडा, रोचक रेग्मीले बहस गरेका थिए । नेपाल सरकारका तर्फबाट ६ जना सरकारी वकिल र जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीले बहस गरेका थिए । जोशीमाथि ५ करोड ७८ लाख ९६ हजार चार सय ८० रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो।

यसअघि, सोही सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६० लाख रुपैयाँ धरौटीमा रिहा भएको थिए । यसअघि जोशी पोखराको सूर्यदर्शन सहकारी ठगीमा ८८ लाख धरौटी तिरेर निस्किएका थिए । अब रवि र सविविरुद्ध बुटवलको सुप्रिम सहकारीसहित चितवनको सहारा चितवन र पर्साको हाम्रो सानोपाईला सहकारीको मुद्दा बाँकी छ । बुटवलमा मुद्दा दायर भइसकेको छ भने दुई ठाउँमा अन्तिम चरणमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *