जेलमा रवि ‘सुतिरहेको फोटो’ सार्वजनिक भएपछि बबाल, छानबिनमा जुट्यो प्रहरी

नेपाल दर्पण, काठमाडौं ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने ‘सुतिरहेको फोटो’ सामाजिक सञ्जालमा भाइरसले भएपछि बबाल भएको छ । उक्त फोटो डा. निकोलस भुसालले आफूले खिचेको बताएका छन् । “यो फोटो रियल हो, मैले नै खिचेको हो । गल्ती भएको हो, माफी चाहन्छु । मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन, भ्रममा नपर्न अनुरोध । म स्वस्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गएको थिएँ,“ उनले फेसबुकमा भनेका छन् । भुसालले दुई दिनअघि ‘नागरिक विद्रोह’ का जुट्न आह्वान गर्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए । उनले शनिबार चितवनमा आन्दोलनका लागि जुट्न आह्वान गरेको पोस्टरसहित रविको उक्त भाइरल तस्बिर हालेका थिए । तर आज सो तस्बिर भुसालले हटाएका छन् ।

यता, कास्की प्रहरी स्रोतले पनि भुसालले नै फोटो खिचेको हुन सक्ने बताएको छ । “यस विषयमा छानबिन हुँदै छ, आज बेलुकासम्म केही आउला,“ स्रोतले भने । जिल्ला प्रशासन कार्यालय कास्कीका एक अधिकारीले पनि यो फोटोका सन्दर्भमा साइबर क्राइम लगायतका कानुनी व्यवस्था आकर्षित हुनसक्ने बताए । कानुनका जानकारहरुका अनुसार यसरी कसैको अनुमति विना फोटो÷भिडियो खिच्न र सार्वजनिक गर्न पाइँदैन । अधिवक्ता विनोदमणि भट्टराई भन्छन्, ‘कसैको फोटो अनुमति विना खिच्नु, तोडमोड गर्नु र सार्वजनिक गर्नु दण्डनीय छ । मुलुकी संहितामै यो व्यवस्था छ । न्यायिक हिरासतमा राखेको व्यक्तिको पनि फोटो भिडियो सार्वजनिक गर्न पाइँदैन ।’

हिरासतजस्तो देखिने कोठामा ओढ्ने ओढेर सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा राख्दै त्यो रवि लामिछाने नै भएको दाबीसहित भाइरल बनाइएको थियो । भने रास्वपाका नेतासमेत रहेका रविका सहयोगी दीपक बोहराले सरकारमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जाल तताएका थिए । बिहान स्टाटस हालेका बोहराले केही समयमा फेरि लाइभ बस्दै सरकारमाथि प्रश्नको वर्षा गरेका थिए । तर, उक्त तस्बिर रास्वपाकै कार्यकर्ताले खिचेको पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *