न्याय पाउने पहिलो हक शहीदकी आमाको हो, यसलाई प्रतिशोध भन्न पाइदैनः रवि लामिछाने

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गरेका छन । सम्बोधनका क्रममा लामिछानेले भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मरण गर्दै भने, “न्याय पाउने पहिलो हक शहीदकी आमाको हो, यसलाई प्रतिशोध भन्न पाइनेछैन । ‘एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखक पक्राउबारे भएका विरोधप्रतिको प्रतिक्रिया दिँदै न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताएका हुन् । उनले भने, “न्याय पाउने पहिलो हक शहीदकी आमाको हो, यसलाई प्रतिशोध भन्न पाइनेछैन ।”

साथै, लामिछानेले विपक्षी दलहरूलाई विधि र कानुनको पालना गर्न आग्रह गरेका छन् । उनले सत्तामा रहेका दलहरूले सत्ता छाड्नुपरेपछि गरिने ‘विदेशी चलखेल’को आरोप अब नरहने र पारदर्शी परराष्ट्र नीति सञ्चालन हुने बताएका छन । उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा पारदर्शिता र सुरक्षा सुनिश्चित हुने ग्यारेन्टी पनि दिएका छन् । लामिछानेको यस अभिव्यक्तिले न्याय, प्रशासनिक पारदर्शिता र लगानी वातावरणमा पार्टीको दृष्टिकोण स्पष्ट भएको देखाएको छ ।

यस्तै, लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह, सरकार र सिङ्गो पार्टीका तर्फबाट भन्दै नेपालमा आफूलाई दलित भनेर चिनाउने समुदायसँग माफी मागेका छन् । रोस्ट्रमबाट हात जोडेर माफी मागेका हुन् । सरकारको तर्फबाट माफी माग्दै लामिछानेले भने, “यो देशको दलित समुदायलाई मैले आज सार्वजनिक क्षमायाचनाका साथ केही भन्नु छ । यो सरकार शताब्दिऔँदेखिको विभेदको, अन्यायको, अत्याचारको इतिहाससँग पहिलो पटक सामूहिक र सार्वजनिक माफी माग्दै छ, त्यो पनि यो सदनबाट ।”“आजसम्मको विभेद सामाजिक गल्ती थिएन, सङ्गठित अपराध थियो। यो देश किन बनेन थाहा छ? किनकि जसका हातमा सीप थियो, तिनलाई हामीले अछुत मान्यौँ ।”अब कुनै पनि नेपाली जातका नाममा झुक्नुपर्ने अवस्था नआउने पनि उनले आश्वासन दिए ।

रवि लामिछानेले सदनमा उभिएर भनेका मुख्य बुँदा
–ऐतिहासिक रेकर्डका साथ जनताले मत दिएका छन् । यो मतादेशको गुन जिम्मेवारी पूरा गरेर तिर्नेछौँ । मतादेशमा आशा र आक्रोशमात्रै छ ।
–सिंहदरबार चलाउन होइन बदल्नका लागि दिएको मत हो । हामीले बदल्न सुरु गरिसकेका छौँ ।
–अब हामी सत्तारुढ दलले बोलेर मात्रै पुग्दैन अब प्रमाणित गर्नुपर्छ । हाम्रा काम र सरकारका काम बोल्नेछन् ।
–हनिमुन पिरियडको सुविधा चाहिँदैन । दिन होइन सेकेन्ड गनेर काम गरेका छौँ ।
–कर्मचारीतन्त्रले सरकारसँग गति मिलाउन तयार हुनुपर्छ ।
–प्रधानमन्त्रीले आवश्यक परे बोलेर नभए कामबाटै देखाउनुहुनेछ ।
–रास्वपाका साथीहरुलाई सम्झाउछौँ– हामी प्रश्न सोधेर आएका हौँ । अब प्रश्नमात्रै होइन उत्तर दिनुपर्छ ।
–प्रतिपक्षलाई अनुरोध छ– हामीलाई चौबीसैघण्टा निगरानी गरिदिनुहोला ।
–हामीमा अहंकार नछाओस् । लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष परिपुरक हुन् ।
–हामी प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौँ । यो संसद् प्रतिशोध होइन बहसको थलो हुनेछ ।
–हिजो आफूलाई बचाउन र अर्कोलाई फसाउन कानुन नै ल्याइयो । आस्थाकै आधारमा फसाइयो अब त्यस्तो हुने छैन ।
–अब कसैको माइक काटिने छैन ।
–सुशासनको बेग रोकिने छैन । न्याय पाउने पहिलो हक सहिदकी आमाको हो त्यसलाई प्रतिशोध भन्न पाइने छैन ।
–यो संसद् जेनजी विद्रोहपछि बनेको हो । त्यसकारण सहिदको सपना साकार पार्न लाग्नेछौँ ।
–पार्टीका सिफारिसबाट नियुक्ति लिएकाले राजीनामा दिएर सहयोग गर्न अनुरोध गर्दछु ।
–एकचोटीको नेपाली सधैँको नेपाली हुनेछ ।
–हाम्रा सांसद खगेन्द्र सुनारले उमेदवार हुनुअघि गरेको गल्तीमा प्रश्न उठेपछि तत्कालै माफी माग्नुभयो तर उहाँहरुमाथि हामीले वर्षौंदेखि गरेको थिचोमिचोको कहिल्यै माफी माग्यौँ ?
–सरकारले दलितसहित पछि परेका समुदायमाथि सार्वजनिक माफी माग्दैछ । त्यो पनि यो सदनबाट । दलितमाथि अहिलेसम्म भएको विभेद सामाजिक गल्ती होइन संगठित अपराध थियो ।
–कुनै नेपाली जातका नाममा झुक्नुपर्ने छैन । मैले माफी माफी माग्छु ।
–विदेशमा बसेका नेपालीले लगाएको गुन कहिल्यै बिर्सने छैनौँ ।
–अब खाडी पुग्ने राजदूत विचौलियाको टेबलमा होइन कामदार भएको स्थानमा पुग्नेछन् ।

Chief Editor

Recent Posts

प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग गरे छलफल, कोसी र सुपका मुख्यमन्त्री आएनन्

नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको…

20 hours ago

२०६२ देखि सार्वजनिक उच्च पदमा रहेकाको सम्पत्ति छानबिन गर्न आयोग गठन

नेपाल दर्पण, काठमाडौं । सरकारले २०६२÷६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…

2 days ago

पूर्वउर्जामन्त्री दीपक खड्कालाई थुनामै राख्न आदेश

नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न…

2 days ago

देशभर दोस्रो आर्थिक गणना हुँदै, 5 हजार जनशक्ति परिचालन

नेपाल दर्पण, काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै…

2 days ago

देशलाई अघि बढाउन स्थिरता, निरन्तरता र सहकार्य आवश्यकः ज्ञानेन्द्र शाह

नेपाल दर्पण, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति…

4 days ago

महान् गायिका आशा भोसलेको निधन, बलिउडमा छायो शोक

नेपाल दर्पण, मुम्बई । भारतीय महान् गायिका आशा भोसलेको निधन भएको छ । सन् १९३३,…

5 days ago

This website uses cookies.