इरान–अमेरिका युद्ध ५ दिनका लागि रोक्ने निर्णय

नेपाल दर्पण, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अधिकारीहरुसँगको वार्ता सकारात्मक भएको भन्दै इरानविरुद्धको अमेरिकी आक्रामण पाँच दिनका लागि रोक्ने निर्णय भएको बताएका छन् । स्ट्रेट अफ हर्मुज तत्काल खुला नगरिए इरानका ठूलो उर्जा केन्द्रहरुमा आक्रमण गर्ने घोषणा गरेका ट्रम्पले आज इरानी अधिकारीहरुसँग सकारात्मक वार्ता भएको भन्दै अब पाँच दिनको लागि कुनै आक्रमण नगर्ने घोषणा गरेका हुन् ।

ट्रम्पले सोमबार तेहरानसँग ‘धेरै राम्रो र फलदायी वार्ता’ पछि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न आदेश दिएको बताएका छन् । आफ्नो पूर्व चेतावनी बमोजिम अघि नबढ्न र कारबाही रोक्न अमेरिकी र इजरायली सेनालाई आदेश दिएको उनले बताएका हुन् । वार्ता यो हप्ताभर जारी रहने उनको भनाइ छ । ट्रम्पले सोमबार बिहान सोशल प्लेटफर्म ट्रुथमा लेखेका छन्– संयुक्त राज्य अमेरिका र इरानबीच मध्यपूर्वमा जारी द्वन्द्व समाधानको बारेमा विगत दुई दिनमा धेरै राम्रो र फलदायी कुराकानी भएको छ ।

उनले भने, ’हप्ताभरि जारी रहने यो रचनात्मक वार्ताको प्रतिबद्धतालाई ध्यानमा राख्दै मैले युद्ध विभागलाई इरानको ऊर्जा प्लान्ट र पूर्वाधारमा सबै सैन्य आक्रमणहरू ५ दिनका लागि स्थगित गर्न निर्देशन दिएको छु । यो निर्णय बैठक र छलफलको सफलतामा निर्भर हुनेछ ।’

Chief Editor

Recent Posts

प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग गरे छलफल, कोसी र सुपका मुख्यमन्त्री आएनन्

नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको…

23 hours ago

२०६२ देखि सार्वजनिक उच्च पदमा रहेकाको सम्पत्ति छानबिन गर्न आयोग गठन

नेपाल दर्पण, काठमाडौं । सरकारले २०६२÷६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…

2 days ago

पूर्वउर्जामन्त्री दीपक खड्कालाई थुनामै राख्न आदेश

नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न…

2 days ago

देशभर दोस्रो आर्थिक गणना हुँदै, 5 हजार जनशक्ति परिचालन

नेपाल दर्पण, काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै…

2 days ago

देशलाई अघि बढाउन स्थिरता, निरन्तरता र सहकार्य आवश्यकः ज्ञानेन्द्र शाह

नेपाल दर्पण, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति…

4 days ago

महान् गायिका आशा भोसलेको निधन, बलिउडमा छायो शोक

नेपाल दर्पण, मुम्बई । भारतीय महान् गायिका आशा भोसलेको निधन भएको छ । सन् १९३३,…

5 days ago

This website uses cookies.