नेपाल दर्पण, काठमाडौं
गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात् एकाएक चर्चामा आएका जेन्जी अगुवा तथा गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् । उनले २९ हजार ८९६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याएका छन् । तेस्रो स्थानमा झरेको नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेका छन् । चौथो स्थानमा रहेको एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७३२ मत मात्र छ ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन र मन्त्रिपरिषद् विस्तारसम्म जोडिएका तिनै गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा–१ मा उम्मेदवार दिएका थिए । चुमनुव्री गाउँपालिका–३ सिर्दिवास पुख्र्यौली थलो भए पनि उनको जन्म काठमाडौँमा भयो । २०४४ सालमा जन्मिएका उनले गाउँले जीवनसँग घुलमिल हुने अवसर सायदै पाए । बाल्यकाल सहरमै बित्यो । पढाइ उतै गरे । मल्टी इन्टरनेसनल कलेजमा ‘ए लेभल्स’ को पढाइ सकेपछि विपद् सम्बन्धी तालिम लिए अनि सहजकर्ताको रूपमा काम गर्न थाले । विभिन्न संघसंस्थासँग जोडिएर काम गर्ने अवसर पाउँदै गए । सामाजिक कार्यमा अग्रसर हुन थाले । २०७२ सालको गोरखा भूकम्पपश्चात् उनले ‘हामी नेपाल’ नामक संस्था खोले र राहत तथा उद्धारमा खटिए । देश विदेशका विभिन्न संघसंस्थासँग उनी जोडिन पुगे । पछिल्लो पटक जेन्जी आन्दोलन पश्यात रास्वपासँग जोडिन पुगे र चुनाव लडे र अहिले विजय प्राप्त गरे ।
नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको…
नेपाल दर्पण, काठमाडौं । सरकारले २०६२÷६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…
नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न…
नेपाल दर्पण, काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै…
नेपाल दर्पण, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति…
नेपाल दर्पण, मुम्बई । भारतीय महान् गायिका आशा भोसलेको निधन भएको छ । सन् १९३३,…
This website uses cookies.