अब केही दिनमा यो देशको बागडोर तपाईँहरूले चुनेको प्रतिनिधिहरूको हातमा हुनेछःप्रधानमन्त्री

नेपाल दर्पण, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले ‘अब केही दिनमा यो देशको बागडोर तपाईँहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्ने बताएकी छिन । उनले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण, र ऐतिहासिक बनाउन अपिल गरेकी छिन् । देशवासीका नाममा सम्बोधन गर्दै उनले इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई आफूले मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएको बताएकी छिन् ।

निर्वाचनपछि निर्वाचित सरकारले देशको नेतृत्व गर्ने उनले बताएकी छन । ‘मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ’, उनले भनिन्, ‘अब केही दिनमा यो देशको बागडोर तपाईँहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ ।’ उनले निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न सबै नागरिकलाई अपिल गरेकी छिन् । उनले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन यो निर्वाचन ऐतिहासिक महत्वको रहेको तर्क गरिन् ।

‘देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस्’, उनले भनिन्, ‘भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन । यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो ।’

Chief Editor

Recent Posts

निर्वाचनविरोधी गतिविधिमा रहेका १७६ जना पक्राउ, रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज

नेपाल दर्पण, काठमाडौं । निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जना पक्राउ परेका छन । निर्वाचनविरोधी…

17 hours ago

मतदान स्थलमा जान रोक्न खोजे कारवाही, नेपाल भारत सीमा बन्द

नेपाल दर्पण, काठमाडौं । यहि फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यका लागि मतदानमा मतदातालाई…

1 day ago

निर्वाचन बिथोल्ने अभिव्यक्तिसहित गतिविधि गरेको आरोपमा दुर्गा प्रसाई पक्राउ

नेपाल दर्पण, काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ’ अभियान सञ्चालन गर्दै आएका…

3 days ago

विमानस्थल बन्द भएकाले खाडीका नेपालीहरुलाई फर्काउन नसकिने सरकारको निष्कर्ष

नेपाल दर्पण, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्व र त्यसको मारमा…

3 days ago

इजरायल इरान युद्धः सरकारले जारी गर्यो अडवाइजरी, हजारौं यात्रु विमानस्थलमा अलपत्र

नेपाल दर्पण, काठमाडौं । इजरायल र इरानबिच शुरु भएको युद्धपछि सृजना भएको तनावपूर्ण परिस्थितिलाई मध्यनजर…

4 days ago

स्वस्थ राजनीतिक बहसभन्दा ‘अस्तित्वको लडाइँ’मा रवि, बालेन र गगन

नेपाल दर्पण, काठमाण्डौ ।फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सँघारमा छ । यस…

4 days ago

This website uses cookies.