निर्वाचन बिथोल्ने अभिव्यक्तिसहित गतिविधि गरेको आरोपमा दुर्गा प्रसाई पक्राउ

नेपाल दर्पण, काठमाडौं ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ’ अभियान सञ्चालन गर्दै आएका तथा मेडिकल व्यवसायी दुर्गा प्रसार्ई फेरि पक्राउ परेका छन । आज विहानमात्रै आफ्नो निवास भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई प्रशासनले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । अब प्रसाईं २१ फागनुको निर्वाचनसम्म हिरासतमा नै हुने भएका छन् । उनलाई भक्तपुरमा नै राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबार (फागुन १७) प्रसाईंलाई चुनावको भोलिपल्ट फागुन २२ गतेसम्म प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ । अबको चार दिनपछि फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै छ । उनीविरुद्ध निर्वाचन बिथोल्ने अभिव्यक्तिसहित गतिविधि गरेको आरोप छ । सार्वजनिक शान्तिविरुद्धको मुद्दाको अनुसन्धानका लागि भनेर जिल्ला प्रशासन कार्यालयबाट म्याद थप भएको छ । राजा फर्काउने अभियानमा संलग्न प्रसाईं यसअघि पनि पटकपटक पक्राउ परी सर्वोच्च अदालतको आदेशबाट रिहा हुँदै आएका थिए । यसअघि सर्वोच्चको आदेशअनुसार गत फागुन १३ गते रिहा भएका थिए ।

Chief Editor

Recent Posts

विमानस्थल बन्द भएकाले खाडीका नेपालीहरुलाई फर्काउन नसकिने सरकारको निष्कर्ष

नेपाल दर्पण, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्व र त्यसको मारमा…

20 hours ago

इजरायल इरान युद्धः सरकारले जारी गर्यो अडवाइजरी, हजारौं यात्रु विमानस्थलमा अलपत्र

नेपाल दर्पण, काठमाडौं । इजरायल र इरानबिच शुरु भएको युद्धपछि सृजना भएको तनावपूर्ण परिस्थितिलाई मध्यनजर…

2 days ago

स्वस्थ राजनीतिक बहसभन्दा ‘अस्तित्वको लडाइँ’मा रवि, बालेन र गगन

नेपाल दर्पण, काठमाण्डौ ।फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सँघारमा छ । यस…

2 days ago

भ्रष्टाचारको आरोप लगाइएका केजरीवाल र सिसोदियाले पाए सफाइ

नेपाल दर्पण, नया दिल्ली भ्रष्टाचारको आरोप लगाइएका भारतको दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्वउपमुख्यमन्त्री मनीष…

3 days ago

बालेनसँग चुनाव हार्ने डरले मतदाताको घरघरमा पुग्दै ओली

नेपाल दर्पण, झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली हाल आफ्नो…

4 days ago

क्षेत्रिय राजनीति गर्नेलाई रवि लामिछानेको कडा चेतावनी

नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले क्षेत्रिय राजनीति गर्नेलाई कडा…

5 days ago

This website uses cookies.