भ्रष्टाचारको आरोप लगाइएका केजरीवाल र सिसोदियाले पाए सफाइ

नेपाल दर्पण, नया दिल्ली

भ्रष्टाचारको आरोप लगाइएका भारतको दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्वउपमुख्यमन्त्री मनीष सिसोदियालाई अदालतले सफाइ दिएको छ । राजधानी दिल्लीको राउज एभिन्यु अदालतले उनीहरूलाई सफाइ दिएको हो । सीबीआईले पेश गरेका प्रमाणहरु प्रयाप्त नभएको र आरोपपत्रमा गम्भीर त्रुटिहरू भएको बताएको छ । उनीहरूबाहेक अरू २१ जनालाई पनि मुद्दामा राहत दिइएको छ । सफाइ पाउनेमा तेलंगाना जागृति पार्टीकी के. कविता पनि छिन् ।

विशेष न्यायाधीश जितेन्द्र सिंहले केन्द्रीय अन्वेषण ब्युरो (सीबीआई)द्वारा आरोपितविरुद्ध दर्ता गरिएको मुद्दा बन्द गर्ने आदेश सुनाएका थिए । अदालतले २३ आरोपितमध्ये कोहीविरुद्ध पनि मुद्दा नचल्ने फैसला गरेको छ । फैसलापछि अरविन्द केजरीवाल अदालत बाहिर मिडियासँग कुरा गर्दै भावुक हुँदै भने “म भ्रष्ट छैन, भन्ने कुरा प्रमाणित भएको छ । यद्यपि, सीबीआईले फैसला विरुद्ध उच्च अदालतमा अपील गर्ने तयारी गरिरहेको छ ।

तर अहिलेको सबैभन्दा ठूलो प्रश्न यो हो कि अरविन्द केजरीवालको सफाइले आम आदमी पार्टी वा उनको राजनीतिमा कस्तो प्रभाव पार्छ ? केजरीवाल त्यस्तो नेता हुन् जसले अदालतको यो निर्णयलाई जनतासामु पदकको रूपमा प्रस्तुत गर्नेछन् । धेरै विज्ञहरू विश्वास गर्छन् कि भाजपा वा केन्द्र सरकारले सिर्जना गर्न खोजेको कथा समाप्त भएको छ र भ्रष्टाचार विरुद्ध आफ्नो पार्टी गठन गर्ने र त्यसैको वरिपरि आफ्नो राजनीति आधारित गर्ने केजरीवालले अब सबैको अगाडि भन्नेछन् कि हेर, म नै त्यो सत्यवादी व्यक्ति थिएँ जसलाई फसाइएको थियो ।आम आदमी पार्टीको अर्को चुनाव २०२७ मा पञ्जाब र त्यसपछि गुजरातमा छ, तर यो निर्णयले केजरीवाललाई दिल्लीमा हराएको जग फिर्ता पाउन मद्दत गर्न सक्छ ।

Chief Editor

Recent Posts

निर्वाचन बिथोल्ने अभिव्यक्तिसहित गतिविधि गरेको आरोपमा दुर्गा प्रसाई पक्राउ

नेपाल दर्पण, काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ’ अभियान सञ्चालन गर्दै आएका…

19 hours ago

विमानस्थल बन्द भएकाले खाडीका नेपालीहरुलाई फर्काउन नसकिने सरकारको निष्कर्ष

नेपाल दर्पण, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्व र त्यसको मारमा…

20 hours ago

इजरायल इरान युद्धः सरकारले जारी गर्यो अडवाइजरी, हजारौं यात्रु विमानस्थलमा अलपत्र

नेपाल दर्पण, काठमाडौं । इजरायल र इरानबिच शुरु भएको युद्धपछि सृजना भएको तनावपूर्ण परिस्थितिलाई मध्यनजर…

2 days ago

स्वस्थ राजनीतिक बहसभन्दा ‘अस्तित्वको लडाइँ’मा रवि, बालेन र गगन

नेपाल दर्पण, काठमाण्डौ ।फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सँघारमा छ । यस…

2 days ago

बालेनसँग चुनाव हार्ने डरले मतदाताको घरघरमा पुग्दै ओली

नेपाल दर्पण, झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली हाल आफ्नो…

4 days ago

क्षेत्रिय राजनीति गर्नेलाई रवि लामिछानेको कडा चेतावनी

नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले क्षेत्रिय राजनीति गर्नेलाई कडा…

5 days ago

This website uses cookies.