बालेनसँग चुनाव हार्ने डरले मतदाताको घरघरमा पुग्दै ओली

नेपाल दर्पण, झापा ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली हाल आफ्नो क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदातासँगको भेटघाट र घरदैलो कार्यक्रममा व्यस्त छन् । आफ्नो निर्वाचन क्षेत्रमा जारी घरदैलो अभियानका क्रममा ओलीले एमालेलाई बहुमतसहितको निर्णायक शक्तिका रूपमा स्थापित गर्न आमनागरिकको पूर्ण साथ रहेको बताए । साथै उनले निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा रहने उद्घोष गरेका छन् । अघिल्लो निर्वाचनमा एक–दुई सभालाई सम्बोधन गर्ने ओली यसपटक मतदाताका टोल–टोलमा पुगेर मत मागिरहेका छन् ।

एमाले अध्यक्ष ओली बुधबार र बिहीबार मात्रै निर्वाचन क्षेत्रका २५ भन्दा बढी टोलमा पुगेका छन् । भदौ २३–२४ को जेनजी विद्रोहमा सत्ता गुमाएका ओलीलाई एमालेले भावी प्रधानमन्त्रीको ‘फेस’ बनाएको छ । ओली मनोनयन दर्तापछिको एक महिनामा उनी आफ्नो निर्वाचन क्षेत्र झापा–५ र काठमाडौंमा सीमित बनेका छन् । बदलिएको परिस्थितिमा ओली झापामा जसरी केन्द्रित छन्, यसले उनी फागुन २१ को निर्वाचनमा निकै ठूलो दबाबमा छन् भन्ने देखाएको छ ।

घरदैलोकै क्रममा जेनजी आन्दोलनमा नेताहरूको घरमा भेटिएको भनिएको पैसाको बारेमा प्रश्न गरेका थिए, जवाफमा ओलीले “कसको घरबाट निस्कियो ? मेरोबाट त निस्किएन । सबैको जिम्मा त मैले लिन सक्दिनँ । अरूको कारोबार त मैले थाहा पाउँदिनँ नि ! शेरबहादुरजीको घरमा देखाइएको पैसा अर्कै देशमा कहीँकतै एआईबाट फोटो बनाएर यस्तो देखियो भन्छन् । एउटा हजारको नोट त देखाउँदै हिँडेर जलेको नोट देखियो भनेको मैले पनि देखेँ । हजार–दुई हजार त होला । तर, जुन देखाइयो त्यो नक्कली हो । दुष्प्रचारको भ्रममा पर्नुहुँदैन । मैले भनेको छु, म आफू पनि भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ । हामी छानबिन गर्छाैं प्रमाणित भए कारबाही गर्छाैं । तर, अहिलेको त प्रमाणित हुने कुरा छैन ।”

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ मा ओली र बालेन्द्र शाह (बालेन)सँगै २४ जना उमेदवार छन् । यो क्षेत्रमा ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ महिला र दुईजना अन्य गरी एक लाख ६३ हजार ३७९ मतदाता छन्, जसमा नौ हजार ९० नयाँ मतदाता थपिएका हुन् । यो क्षेत्रमा ६१ मतदानस्थल र १८५ मतदान केन्द्र छ । जेनजी आन्दोलनपछि उनीप्रति मतदातामा देखिएको निराशा र यही बेला लोकप्रिय रहेका बालेन झापा–५ मा आएपछि ओलीको शैली फेरिएको हो । हुन त बालेन पनि ओलीजस्तै मतदाताका घरघरमा पुगिरहेका छन् ।

Chief Editor

Recent Posts

निर्वाचन बिथोल्ने अभिव्यक्तिसहित गतिविधि गरेको आरोपमा दुर्गा प्रसाई पक्राउ

नेपाल दर्पण, काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ’ अभियान सञ्चालन गर्दै आएका…

19 hours ago

विमानस्थल बन्द भएकाले खाडीका नेपालीहरुलाई फर्काउन नसकिने सरकारको निष्कर्ष

नेपाल दर्पण, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्व र त्यसको मारमा…

20 hours ago

इजरायल इरान युद्धः सरकारले जारी गर्यो अडवाइजरी, हजारौं यात्रु विमानस्थलमा अलपत्र

नेपाल दर्पण, काठमाडौं । इजरायल र इरानबिच शुरु भएको युद्धपछि सृजना भएको तनावपूर्ण परिस्थितिलाई मध्यनजर…

2 days ago

स्वस्थ राजनीतिक बहसभन्दा ‘अस्तित्वको लडाइँ’मा रवि, बालेन र गगन

नेपाल दर्पण, काठमाण्डौ ।फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सँघारमा छ । यस…

2 days ago

भ्रष्टाचारको आरोप लगाइएका केजरीवाल र सिसोदियाले पाए सफाइ

नेपाल दर्पण, नया दिल्ली भ्रष्टाचारको आरोप लगाइएका भारतको दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्वउपमुख्यमन्त्री मनीष…

3 days ago

क्षेत्रिय राजनीति गर्नेलाई रवि लामिछानेको कडा चेतावनी

नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले क्षेत्रिय राजनीति गर्नेलाई कडा…

5 days ago

This website uses cookies.