नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले क्षेत्रिय राजनीति गर्नेलाई कडा चेतावनी दिएका छन । उनले तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान अब बन्द हुने बताएका छन् । सिंगो देश र मधेसलाई विभाजन अथवा अलग गरेर राजनीति गर्ने युगको अन्त्य गर्न खोजेको उनले उल्लेख गरे । इमानदारीपूर्वक देशका बारेमा सोच्ने र जनताको एक÷एक मतलाई कदर गर्दै अघि बढ्ने उनले बताए ।
दशकौँसम्म विभेद र अन्यायमा परेको मधेसलाई समेत प्राथमिकतामा राख्दै यहाँका धामिर्क पर्यटनलाई बढावा दिने गरी काम गरिने उनले सुनाए । लामिछानेले यसपटक विभेदको अन्त्यसँगै सुशासन स्थापनाका निम्ति गम्भीर भएर लाग्ने उनले उल्लेख गरे । बुधबार (फागुन १३) जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गर्ने क्रममा समर्थकमाझ उनले रास्वपाले कुनै एक क्षेत्रको नभई समग्र मुलुकको विकास गर्ने पनि बताए ।
नेपाल दर्पण, काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ’ अभियान सञ्चालन गर्दै आएका…
नेपाल दर्पण, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्व र त्यसको मारमा…
नेपाल दर्पण, काठमाडौं । इजरायल र इरानबिच शुरु भएको युद्धपछि सृजना भएको तनावपूर्ण परिस्थितिलाई मध्यनजर…
नेपाल दर्पण, काठमाण्डौ ।फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सँघारमा छ । यस…
नेपाल दर्पण, नया दिल्ली भ्रष्टाचारको आरोप लगाइएका भारतको दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्वउपमुख्यमन्त्री मनीष…
नेपाल दर्पण, झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली हाल आफ्नो…
This website uses cookies.