लोकतन्त्रमाथिको खतरा हेलिकप्टरबाट भागेसँगै टरेर गयोःरवि लामिछाने

नेपाल दर्पण, सुर्खेत ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको निम्ति ‘वाचापत्र’ सार्वजनिक गरेको छ । पार्टीले बिहीबार (फागुन ७) कर्णाली प्रदेशको सुर्खेतमा आयोजित कार्यक्रममा वाचापत्र सार्वजनिक गरेको हो । वाचापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी, सांसद मन्त्री हुन नपाउनेदेखि सबै सरकारी सेवा अनलाइनबाटै गर्ने उल्लेख छ । २०८२ भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका घटनाको छानबिन प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता समेत रास्वपाले गरेको छ ।

सुर्खेतमा आयोजितसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले कर्णाली प्रदेशको प्राकृतिक, सांस्कृतिक र आर्थिक सम्भावनालाई स्थापित गरिने बताएका छन् । उनले मुगुको रारातालको उदाहरण दिँदै कर्णालीको गहिराइ र सम्भावनालाई आफ्नो पार्टीले गहिरो रूपमा बुझेको बताए । “रारातालजत्तिकै गहिरो कर्णालीको भावना र सम्भावना छ, त्यो गहिराइलाई रास्वपाले मनदेखि बुझेको छ,” उनले भने । रास्वपाले कर्णालीका स्थानीय उत्पादनलाई देशभर चिनाउने, यहाँको सभ्यता र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने लक्ष्य लिएको उनले उल्लेख गरे ।

यस्तै का सभापति रवि लामिछानेले लोकतन्त्र जोगाउने जिम्मा जनताको भएको बताएका छन् । कार्यक्रममा उनले लोकतन्त्रको ठेक्का कुनै नेता वा दलले लिन नपर्ने बताएका हुन् । उनले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै लोकतन्त्र खतरा हेलिकप्टरबाट भागेसँगै टरेर गएको बताए । उनले भागेको हेलिकप्टर फेरि सिंहदरबारमा ल्याण्ड नभएसम्म लोकतन्त्र सुरक्षित हुने उल्लेख गरे । उनले लोकतन्त्रको धेरै चिन्ता लागेमा सबै एकजुट भएर रास्वपासँग प्रतिस्पर्धामा उत्रिन पनि आग्रह गरे । उनले रास्वपा लोकतन्त्रप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै शान्तिपूर्ण निर्वाचनको प्रत्याभूति दिन सरकारसँग माग गरे ।

लामिछानेले भने, ‘लोकतन्त्रलाई खतरा छैन, कुनै नेताले ठेक्का लिनुपर्छ, लोकतन्त्रको ? यो देशको लोकतन्त्रको ठेक्का कुनै नेता र कुनै पार्टीले लिनुपर्दैन, लोकतन्त्र जोगाउने जनता छन्। लोकतन्त्र जोगाउने जिम्मा जनताको हो, लोकतन्त्रप्रति हाम्रो विश्वास छ। त्यस्तो पीर लाग्छ भने भएभरका सबै मिल्नुस्, एउटा दल बनाएर चुनाव लड्नुस् ।’ सभापति लामिछानेले पछि परेको कर्णाली प्रदेशबाट वाचापत्र सार्वजनिक गरेर नयाँ सन्देश दिएको पनि दाबी गरे । अब कुनै क्षेत्र पनि पछि नपर्ने उनको भनाइ छ ।

Chief Editor

Recent Posts

निर्वाचन बिथोल्ने अभिव्यक्तिसहित गतिविधि गरेको आरोपमा दुर्गा प्रसाई पक्राउ

नेपाल दर्पण, काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ’ अभियान सञ्चालन गर्दै आएका…

19 hours ago

विमानस्थल बन्द भएकाले खाडीका नेपालीहरुलाई फर्काउन नसकिने सरकारको निष्कर्ष

नेपाल दर्पण, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्व र त्यसको मारमा…

20 hours ago

इजरायल इरान युद्धः सरकारले जारी गर्यो अडवाइजरी, हजारौं यात्रु विमानस्थलमा अलपत्र

नेपाल दर्पण, काठमाडौं । इजरायल र इरानबिच शुरु भएको युद्धपछि सृजना भएको तनावपूर्ण परिस्थितिलाई मध्यनजर…

2 days ago

स्वस्थ राजनीतिक बहसभन्दा ‘अस्तित्वको लडाइँ’मा रवि, बालेन र गगन

नेपाल दर्पण, काठमाण्डौ ।फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सँघारमा छ । यस…

2 days ago

भ्रष्टाचारको आरोप लगाइएका केजरीवाल र सिसोदियाले पाए सफाइ

नेपाल दर्पण, नया दिल्ली भ्रष्टाचारको आरोप लगाइएका भारतको दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्वउपमुख्यमन्त्री मनीष…

3 days ago

बालेनसँग चुनाव हार्ने डरले मतदाताको घरघरमा पुग्दै ओली

नेपाल दर्पण, झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली हाल आफ्नो…

4 days ago

This website uses cookies.