नेपाल दर्पण, धनगढी ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेशको चौतर्फी विकास र सांस्कृतिक एकीकरणलाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाउने घोषणा गरेको छ । आज (बुधबार) धनगढीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहले आफू देश बनाउनको लागि आएको बताए । यसअघि जनकपुरमा पहिलो आमसभामा बोलेका बालेनको यो पहिलो चुनावी सभा हो ।
उनले आफ्नो सम्बोधन सुरुमै डोटेली भाषामा सम्बोधन गरेका थिए । उनले विकास गर्न, निःशुल्क शिक्षा र स्वास्थ्यको लागि काम गर्ने प्रतिबद्धता जनाए । उनले रास्वपा सरकारमा गयो भने कांग्रेस, एमाले र माओवादी हिँड्ने बाटो बनाउने उद्घोष गरे । उनले भने,‘राष्टिय स्वतन्त्र पार्टी भोट माग आएको हैन । काम माग्न आएको हो । तपाईंहरूले भोट नदिए पनि काम गर्छ । तपाईंहरूले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिममा काम गर्छ । तपाईंहरूले काम दिनू ।’ बुधबार धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन वरिष्ठ नेता बालेन्द्र शाहले सुदूरपश्चिमको सपना पूरा गर्ने ऐतिहासिक दायित्व रास्वपाले लिने बताए । पार्टीले विपन्न र गरिब नागरिकका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचारलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेको उनको भनाइ छ ।
खल्तीमा पैसा नभएका कारण कोही पनि नागरिक आधारभूत सेवाबाट वञ्चित हुन नहुने भन्दै बालेनले विकास निर्माणका कार्यमा हुने ढिलासुस्ती र राजनीतिक पूर्वाग्रहको आलोचना गरे । सडक पूर्वाधारको प्रसंगमा पार्टीले २० वर्षसम्म पनि नबन्ने सडकहरूलाई डेढ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको उनको भनाइ छ । विकासमा दलगत भेदभाव नगरी कांग्रेस, एमाले र माओवादीलगायत सबै दलका समर्थक र आम नेपाली जनता हिँड्ने बाटो निर्माण गर्ने प्रतिवद्धता जनाए । सुदूरपश्चिमको पर्यटन र प्राकृतिक सम्पदाको प्रवद्र्धनमा जोड दिँदै उनले बडिमालिका, रामारोशन र खप्तड जस्ता क्षेत्रहरूको महत्त्वमा ध्यान दिनुपर्ने बताए । ‘देशलाई स्विट्जरल्यान्ड बनाउने’ पुरानो नाराभन्दा पनि यहाँको मौलिकतालाई विश्वसामु चिनाउनु पर्ने र सुदूरपश्चिमलाई काठमाडौंसँग सांस्कृतिक रूपमा जोड्नुपर्नेमा उनले जोड दिए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा जसले वाचा गरेको हो, वाचा पूरा नहुँदा सजाय पनि उसैले पाउनुपर्ने बताएका छन् । लामिछानेले जनताले भोट दिने, जनतासँग नेताले वाचा गर्ने अनि सजाय फेरि भोट दिने जनताले पाउने क्रम अब नचल्ने बताए । उनले भने, “जनताले भोट दिने, जनतालाई नेताले वाचा गर्ने अनि सजाय पनि भोट दिने जनताले पाउने ? अब यस्तो चल्दैन ।” साथै, उनले जनताको अधिकार, जनताका मुद्दालाई, सुदूरपश्चिमका मुद्दालाई माग बनाएर वर्षौं अल्झाउने काम अब बन्द गरिनुपर्ने बताए । लामिछानेले विभिन्न स्थानीय समस्यालाई वर्षौंसम्म पार्टीको एजेन्डा बनाउने र त्यसलाई भोट बैंक बनाउने काम भइरहेको पनि टिप्पणी गरे ।
लामिछानेले फागुन २१ गते भोट हाल्ने नभई इतिहास लेख्ने दिन भएको उल्लेख गरे । जनताका अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणापत्रमा बल्ढ्यांग्रे अक्षरमा लेख्ने युगलाई अन्त्य गरिनुपर्ने उनको भनाइ थियो । “त्यसैले हामीले पाँच वर्षको स्थायी सरकारको माग गरेका छौंँ,” उनले नेपालको राजीतिक इतिहासमा कुनै राजनीति दलले जनतासँग पहिलोपटक कन्ट्रयाक्ट गरेको छ,” उनको भनाइ थियो । साथै, उनले पुराना दललाई लक्षित गर्दै अब छिटै एउटा सटर बन्द हुने दाबी गरे । उनले भने, “अब सटर बन्द हुन्छ । कि यिनको सटर बन्द गराइदिनुस् कि हाम्रो । एउटाको त बन्द हुन्छ । कुसाशनसको, बेथितिको, बेरोजगारी, अशिक्षा सबैको सटर बन्द गराउने हो ।
नेपाल दर्पण, काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ’ अभियान सञ्चालन गर्दै आएका…
नेपाल दर्पण, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्व र त्यसको मारमा…
नेपाल दर्पण, काठमाडौं । इजरायल र इरानबिच शुरु भएको युद्धपछि सृजना भएको तनावपूर्ण परिस्थितिलाई मध्यनजर…
नेपाल दर्पण, काठमाण्डौ ।फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सँघारमा छ । यस…
नेपाल दर्पण, नया दिल्ली भ्रष्टाचारको आरोप लगाइएका भारतको दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्वउपमुख्यमन्त्री मनीष…
नेपाल दर्पण, झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली हाल आफ्नो…
This website uses cookies.