१२ वर्षपछि विश्वकपमा जित दर्ता, मुम्बईका दर्शकहरुलाई धन्यवादःदीपेन्द्रसिंह ऐरी

नेपाल दर्पण, मुम्बई ।

सन् २०१४ पछि कुनैपनि विश्वकपमा जित निकाल्न नसकेको नेपालले १२ वर्षपछि विश्वकपमा जित दर्ता गरेको छ । नेपालले सन् २०१४ मा हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो । यो नेपालको तेस्रो जित हो । मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनाएको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले गरेको धुवाधार बेटिङले नेपाललाई वर्तमान विश्वकपमा जितको पहिलो स्वाद चखाएको हो ।

खेलपछि भएको कुराकानीमा एरीले मुम्बईका नेपाली दर्शकहरुलाई विशेष रुपमा धन्यवाद दिएका छन । उनले दर्शकहरु उपस्थित भएर उत्साह भरेको बताए । “हामीले यसअघिका खेल हारे पनि मुम्बईमा समर्थनका लागि उपस्थित हुँदै उत्साह भर्नुभएका समर्थकहरूलाई धन्यवाद भन्न चाहान्छु,’’ उनले भने । पहिलो जितमा आफू निकै खुसी रहेको उनले बताए । आफूहरूले विश्वकपका खेलबाट धेरै सिकेको र निकै अनुभव बटुलेको उनले बताए । ’’स्कटल्यान्डले दिएको लक्ष्य पछ्याउनु हाम्रो लागि धेरै सिकाइ र अनुभवको विषय रह्यो । पहिलो जितमा हामी निकै खुसी छौँ,’’ उनले भने ।

दीपेन्द्रले २३ बलमा अर्धशतक प्रहार गरे । यसअघि वेस्ट इन्डिजसँगको खेलमा पनि उनले अर्धशतकीय पारी खेलेका थिए । स्कटल्यान्डले दिएको १७१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाउँदै १७१ को लक्ष्य पूरा गरेको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रनको अर्धशतकीय पारीसहित अविजित रहे । उनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर े। चौथो विकेटका लागि गुल्शन र दीपेन्द्रले ७३ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाएका हुन् । गुल्शन २४ रनमा अविजित रहे । अन्तिम ओभरमा ५ रन चाहिएको अवस्थामा पहिलो बलमा १ रन र दोस्रो बलमा गुल्शन झाले चौका हान्दै नेपालको जित सुनिश्चित गरेका हुन् ।

नेपालले पावरप्लेमा बिना कुनै विकेटको क्षति ५६ रन बनाएको थियो । ५.१ ओभरमा नेपालले ५० रन पूरा ग¥यो । नेपालले १३.५ ओभरमा ३ विकेटको क्षतिमा १०० रन पूर गरेको थियो । चौथो क्रममा ब्याटिङमा आएका दीपेन्द्रले १६औं ओभरको २ बलमा लगातार २ छक्का प्रहार गरे । उनको आक्रमक ब्याटिङले नेपालले विश्वकपमा समग्रमा तेस्रो जित दर्ता गर्न सफल भयो । स्कटल्यान्डका लागि मिचेल लिस्कले ३ विकेट लिएका थिए । त्यसअघि पहिलो इनिङ्समा ब्याटिङ गरेको स्कटल्यान्डका लागि ओपनर मिचेल जोन्सले सर्वाधिक ७१ रन बनाए। उयनले ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

नेपालका लागि पहिलो विकेट रोहित पौडेलले लिए । उनले ९.६ ओभरमा जर्ज मुन्सेलाई सन्दीप जोराको हातमा क्याच गराए । मुन्सेले २९ बलमा ४ चौकासहित २७ रन बनाए। १० ओभरको खेल सकिँदा स्कटल्यान्डले १ विकेटको क्षतिमा ८० रन बनाएको थियो। ११.६ ओभरमा स्कटल्यान्डले १०० रन पूरा ग¥यो । १३.१ ओभरमा सन्दीप जोराले ब्रान्डन म्याकमुलेनको क्याच छुटाए । ब्रान्डनले १६ रन बनाउँदा जीवनदान पाएका उनले २५ रन बनाए । रिची बेरिङ्टोनले १० रन बनाउँदा त्यसपछिका तीन ब्याटर दोहोरो अंकमा रन जोड्न सकेनन्। मार्क वाट १० र ओलिभर डेभिसन १ रनमा अविजित रहे । नेपालको लागि बलिङमा सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिँदा कुशल भुर्तेल र रोहित पौडेलले १–१ विकेट लिए ।

Chief Editor

Recent Posts

निर्वाचन बिथोल्ने अभिव्यक्तिसहित गतिविधि गरेको आरोपमा दुर्गा प्रसाई पक्राउ

नेपाल दर्पण, काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ’ अभियान सञ्चालन गर्दै आएका…

19 hours ago

विमानस्थल बन्द भएकाले खाडीका नेपालीहरुलाई फर्काउन नसकिने सरकारको निष्कर्ष

नेपाल दर्पण, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्व र त्यसको मारमा…

20 hours ago

इजरायल इरान युद्धः सरकारले जारी गर्यो अडवाइजरी, हजारौं यात्रु विमानस्थलमा अलपत्र

नेपाल दर्पण, काठमाडौं । इजरायल र इरानबिच शुरु भएको युद्धपछि सृजना भएको तनावपूर्ण परिस्थितिलाई मध्यनजर…

2 days ago

स्वस्थ राजनीतिक बहसभन्दा ‘अस्तित्वको लडाइँ’मा रवि, बालेन र गगन

नेपाल दर्पण, काठमाण्डौ ।फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सँघारमा छ । यस…

2 days ago

भ्रष्टाचारको आरोप लगाइएका केजरीवाल र सिसोदियाले पाए सफाइ

नेपाल दर्पण, नया दिल्ली भ्रष्टाचारको आरोप लगाइएका भारतको दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्वउपमुख्यमन्त्री मनीष…

3 days ago

बालेनसँग चुनाव हार्ने डरले मतदाताको घरघरमा पुग्दै ओली

नेपाल दर्पण, झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली हाल आफ्नो…

4 days ago

This website uses cookies.