यस पल्टको चुनाव देश बनाउने कि देश जलाउनेका बिचको होःओली

नेपाल दर्पण, काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्राम भएको बताएका छन् । झापाको दमकमा धिमाल समुदायका अगुवाहरूसँगको भेटघाटमा बोल्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् । उनले यो निर्वाचन केवल प्रतिनिधि छान्ने कुरा मात्र नभई धिमाल जातिको विकासका लागि बजेट राख्ने र भएका बजेट काट्नेबीचको निर्वाचन भएको बताए ।

आफू नेतृत्वको सरकारले धिमाल जातिको संग्रहालय, होमस्टे र सडकका लागि छुट्याएको करोडौँको बजेट वर्तमान सरकारले काटेको भन्दै उनले आक्रोश व्यक्त गरे । वर्तमान सत्ता गठबन्धनले विकास विरोधी काम गरेको आरोप लगाए । ओलीले भने, ‘यस पल्टको चुनाव देश बनाउने कि देश जलाउनेका बिचको चुनाव हो । हामीले जलाउने खालकालाई, बिगार्ने खालकालाई भोट दिनु हुन्न। देश बनाउने खालकालाई दिनुपर्छ। २१ गतेपछिको सरकार हामी बनाउँछौं। अहिले यहाँ चुनावमा केपी ओलीसँग प्रतिस्पर्धा गर्न आउँछु भन्ने मान्छेहरू जलाउने हुन् ।’ हामीले जलाउने खालकालाई, बिगार्ने खालकालाई भोट दिनुहुन्न, ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *