रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं ।

रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी अभियानमा धनगढी जाने भएका छन । आगामी फागुन ६ गते कैलालीको धनगढीमा आयोजना गरिने सभामा दुवै नेताले सम्बोधन गर्ने भएका हुन् । अहिले दुबै जनाले अलग अगल ठाउँमा प्रचाप्रसार गरिरहेका छन ।

चुनावी अभियानको क्रममा पोखरामा आज आयोजित रास्वपाको चुनावी कार्यक्रममा रविले अघिल्लो निर्वाचनको तुलनामा बढी सिट जितेर रास्वपा ससंदमा पुग्ने बताए । उनले आगामी निर्वाचनबाट मुलुकले सक्षम नेतृत्व पाउने विश्वास व्यक्त गरे । सुशासनको एजेण्डासहित निर्वाचनमा होमिएको भन्दै सभापति लामिछानेले न्याय र सुशासनको माग गर्दा सहिद भएका नवयुवाहरूको सपनालाई खेर जान नदिने बताए । उलेन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले मुलुकलाई नयाँ दिशादिर्नेशन गर्ने पनि बताए ।

सुशासन र समृद्धिसहित देशभित्रै रोजगारी सिर्जना गर्न सके युवाको विदेश पलायनलाई रोक्न सकिने सभापति लामिछानेको भनाइ छ । स्मरण रहोस, यसअघि दुई नेताले गत माघ ५ गते धनुषाको जनकपुरमा आयोजित सभामा सम्बोधन गरेका थिए । एक महिनापछि पूनः दुवै नेता एकसाथ उपस्थित् हुने भएका हुन् । कार्यक्रम भने पशुपति टोल (महोत्सवस्थल) मा हुने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *