मुम्बईको ‘ओटीएम’मा नेपालको बलियो उपस्थिती, ३६ निजी पर्यटन कम्पनी सहभागी

नेपाल दर्पण, मुम्बई ।

मुम्बईको बान्द्रा बिकेसी स्थित जियो वल्र्ड कन्भेन्सन सेन्टरमा सपन्न ‘ओटीएम’ आउटबाउन्ड ट्राभल मार्टमा नेपाल पर्यटन बोर्डले बलियो उपस्थिति जनाएको छ । एसियाकै अग्रणी उक्त पर्यटन व्यापार मेलामा नेपालका ३६ निजी पर्यटन कम्पनीहरूले आफ्नो सहभागिता जनाएका छन । फेब्रुअरी ५ देखि ७ सम्म भएको मेलामा नेपाल पर्यटन बोर्डको नेतृत्वमा ३६ वटा प्रतिष्ठित पर्यटन कम्पनीहरूले भाग लिएको पर्यटन बजारीकरण तथा प्रबर्धन महाशाखा तथा नेपाल पर्यटन बोर्डका बरिष्ठ प्रबन्धक सुमन घिमिरेले नेपाल दर्पणलाई बताएका छन ।

पर्यटन बजारीकरण तथा प्रबर्धन महाशाखा तथा नेपाल पर्यटन बोर्डका बरिष्ठ प्रबन्धक सुमन घिमिरे (दायाँ) साथमा खुशी ट्रावेल्सका दिनेश कोइराला ।

बिगत १८ वर्ष देखि नेपालको पर्यटनको बजारीकरण, प्रवर्धन र विकासमा लागि परेका घिमिरेले आफुहरु विगत २५ वर्षभन्दा लामो समयदेखि ओटीएममा सहभागी हुँदै आएको बताए । यसपटकको मेलामा नेपालले पर्यटन अफर, प्याकेज र गन्तव्य प्रवद्र्धन गर्ने र भारतीय पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखेको र नेपाल पर्यटन बोर्डले पर्यटनको बजारीकरण र प्रवद्र्धनमा जोड दिँदै, पूर्वाधार विकास र बजारीकरणमा लगानी बढाउनुपर्नेमा जोड दिएको बताएका छ । यस्तै अर्थतन्त्रमा ग्रोथ गर्दै गरेको भारतले गत हप्ता पेश गरेको बजेटमा विदेशमा जाने पर्यटकहरुलाई स्रोतमा काटिने करलाई ५ र २० प्रतिशतबाट घटाएर २ प्रतिशतमा सीमित गरिदिएकाले पर्यटकहरूका लागि विदेश भ्रमण सहज र सस्तो बनाएको छ, जसका कारण उनीहरूको खर्च गर्न सक्ने क्षमता बढेको र यसको फाइदा सिधै पर्यटकहरुलाई हुने हुनाले यसलाई आफुहरुले विशेष रुपमा क्याश गर्न खोजेकोे बताए । पहिलेदेखिनै नेपालको पर्यटन विकासमा प्रमुख साझेदार रहेको भारतको सम्बन्ध पशुपतिनाथ, मुक्तिनाथ र लुम्बिनी जस्ता धार्मिक स्थलहरूले जोडिएको र पर्यटकका लागि नेपाल सुरक्षित, स्थिर र असाधारण गन्तव्य भएकाले भारतीय बजार आफुहरुका लागि निकै महत्वपूर्ण रहेको पनि उनले बताए ।

नेपालको लागि भारत पर्यटनका लागि सबैभन्दा ठुलो र रणनीतिक बजार रहेको हुनाले यसपटक मुम्बई, दिल्ली र बैंगलोर जस्ता महानगरका साथै उदाउँदा दोस्रो तहका सहरका धनी पर्यटकहरूलाई लक्षित गर्दै विलासी रिसोर्ट, क्यासिनो र एभरेष्ट हेली–टुर जस्ता प्याकेजहरू अघि सारेको पनि उनले बताएका छन । भारतीय पर्यटकहरूको संख्यामा सन् २०२५ को तुलनामा सन् २०२६ को जनवरीमा ३० प्रतिशतले वृद्धि भएको तथ्याङ्कले भारत नेपालको सबैभन्दा ठुलो र रणनीतिक बजार रहेको पुनः पुष्टि गरेको घिमिरेको तर्क छ । सन् २०२५ मा मात्रै २ लाख ९३ हजारभन्दा बढी भारतीय पर्यटकले नेपाल भ्रमण गरेका थिए, जुन कुल अन्तर्राष्ट्रिय पर्यटक आगमनको करिब ३० प्रतिशत हो । यस पटक हाम्रो उपस्थिति पनि ठुलो स्केलमा छ । भारतीय पर्यटकका लागि नेपाल सबैभन्दा नजिकको र सहज गन्तव्य भएकाले यस वर्ष अझ बढी पर्यटक भित्रिनेमा हामी आशावादी छौं, उनले थपे ।

यस मेलामा ६० देशका २१०० भन्दा बढी प्रदर्शकको उपस्थिती रहेको र हजारौं व्यापारिक भ्रमणकर्ताहरुले अवलोकन गरेको जानकारी आएको छ ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

9 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.