चलचित्र जगतका महान खलपात्र ‘राते काइँला’ सुनिल थापा रहेनन

नेपाल दर्पण, काठमाडौं ।

दर्जनौं चलचित्रमा खलपात्रका रुपमा अभिनय गरेका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । आज बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो । उनको हृदयाघातका कारण निधन भएको थापाथलीस्थित नर्भिक अस्पतालले जनाएको छ ।

कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गरेका छन् । “अहिले उहाँको शव थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा राखिएको छ,” संघका अध्यक्ष निरौलाले भने, “परिवारका सदस्य आएपछि थप प्रक्रिया अगाडि बढ्नेछ ।” यस्तै कलाकार केदार घिमिरे (माग्ने बुढा)ले सामाजिक सञ्जालबाट जानकारी दिँदै लेखेका छन्, ‘वरिष्ठ कलाकार सुनिल थापा दाइको अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ । नेपाली चलचित्र उद्योगले आज अर्को एक महान् व्यक्तित्व र बलियो धरोहर गुमाएको छ । कला क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ ।

नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ को नामले चर्चित रहेका थिए । उनका परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्दै आएका छन् यो समाचार तयार पार्दा परिवारजनहरु नेपालका लागि प्रस्थान गरेका छन । थापा भने शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए । उनी लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । नेपाल दर्पणको तर्फबाट महान कलाकारप्रति भावपूर्ण श्रद्धाञ्जली, वैकुण्ठ वास होस् ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

9 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.