नेपाल दर्पण, काठमाडौं ।
रास्वापाको चुनावी तुफान देखेर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अत्तालिएका छन । ओलीले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता रञ्जित तामाङलाई नाती पुस्ताको संज्ञा दिएका छन् भने उता प्रचण्डले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिएका छन् ।
चुनावी अभियानका लागि झापा पुगेका ओलीले बालेन र रञ्जित आफूसँग राजनीति सिक्न आएको बताएका छन । उनले यसलाई नराम्रो मान्नुपर्ने कारण नरहेको बताए । नाति पुस्ता राजनीतिमा आउँदा आफूलाई खुसी लागेको उनको टिप्पणी छ । ‘भिड्न आउँछु भन्नेलाई स्वागत गर्छु । खुसी लाग्छ । नयाँ हाम्रा भाइ, भतिजा, छोरा, नातिहरूको पुस्ताले सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा छ र ?’ प्रश्न गर्दै ओलीले भने । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा ओली झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका छन् । उनको प्रतिस्पर्धीको रुपमा बालेन र रञ्जित तामाङलाई पनि हेरिएको छ । बालेन र रञ्जित दुवै युवा पुस्ताको प्रतिनिधि हुन् ।
प्रचण्डले भनेका छन “नयाँ केलाई भन्ने जसको विचार, एजेन्डा नयाँ छ त्यही नयाँ हो । जसले राष्ट्र र जनताको हितको निम्ति आफूलाई समर्पित गर्दछ, त्यही नयाँ हो । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने र उत्पीडित वर्गको हक–अधिकार सुनिश्चित गर्ने आफ्नो पार्टी नै मुलुकको सबैभन्दा नयाँ र प्रगतिशील शक्ति भएको दाबी गरे । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम र थारूलाई पहिचान र अधिकार दिने आफ्नो पार्टी भएको जिकिर गरे । नयाँ भन्नेहरूकै कारण देश संकटमा परिरहेको उनको टिप्पणी छ ।
नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…
नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…
नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…
नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…
नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…
नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…
This website uses cookies.