नेपाल दर्पण, बैतडी ।
बैतडीमा जन्ती बोकेको बस दुर्घटनाग्रस्त भएको छ । उक्त दर्दनाक दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका ७ भवनेबाट बझाङतर्फ बिहेबाट फर्किरहेको पवनदुत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको जन्ती बोकेको बस जिल्लाको पुर्चौडी ७ बडगाउँ मोडमा आज राति ८ बजेतिर दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा एक महिला र सात पुरूष रहेका र सबैको सनाखत भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए । मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी,३५ वर्षीय वसन्त जोशी,४१ वर्षीय विसनदत्त जोशी, बझाङ केदारस्यू गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका बझाङका ४० वर्षीय वसन्तराज रतला, बैतडी पुर्चौडी ७ कि पुष्पा अवस्थी रहेका छन् । यस्तै दुर्घटनामा परेर घाइते भएका ४५ जनाको उद्धार गरेर स्थानीय स्वास्थ्यचौकी पठाइएको उनले बताए । घाइते हुनेमा २७ पुरूष र १८ महिला रहेका छन ।
घटनास्थलमा प्रहरी चौकी पुरघाटबाट प्रहरी वरिष्ठ हवल्दार हरिबहादुर पाण्डेयको नेतृत्वमा १० जनाको टोली पुगेको छ । हाल स्थानीय र प्रहरीको संयुक्त टोलीले उद्धार कार्य गरिरहेको छ । साथै, उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा बेस पाटनबाट सशस्त्र प्रहरी नायव उपरीक्षक शंकरसिंह धामीको नेतृत्वमा ११ जनाको टोली र इलाका प्रहरी कार्यालय पाटनबाट पहरी निरीक्षक इन्द्रराज भट्टको नेतृत्वमा टोली उद्धारको लागि खटिएको छ । हालसम्म १६ जनालाई उद्दार गरेर स्वास्थ्य चौकी पठाइएको प्रहरी निरीक्षक बडूले जानकारी दिए ।
नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…
नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…
नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…
नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…
नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…
नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…
This website uses cookies.