जेनजी आन्दोलपछि लागेको आरोपको ओलीले भिडियो सन्देश मार्फत दिए स्पष्टिकरण



नेपाल दर्पण, काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे भिडियो सन्देश जारी गरेका छन् । केही दिन अघि फेसबुकमा राखेको स्टाटस समेटेर उनले भिडियो सन्देशमार्फत पुनः प्रष्टिकरण दिएका छन् । उनले भिडियो सन्देशमा आन्दोलनमा आफूले गोली चलाउने आदेश नदिएको पुन दोहो¥याएका छन् । उनले भ्रम चिर्न पनि सबैमा अनुरोध गरेका छन् ।
ओलीले जेनजी आन्दोलनको बारेमा केही दिनअघि लेखेको स्टाटसपछि धेरै युवाले भिडिओ सन्देश जारी गर्न भनेपछि आज भिडिओ सन्देशमार्फत आफ्नो भनाई सार्वजनिक गरेका हुन् । उक्त घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले दुई पटक म्याद थप्दासमेत प्रतिवेदन बाहिर ल्याउन नसकेपछि आफूले अब आँफै बोल्नुपर्छ भनेर आज भिडिओ सन्देश जारी गरेको ओलीको भनाई छ ।
उक्तभिडियो सन्देशमा ओलीले भनेका छन, ‘मैले गोली चलाउने कुनैपनि आदेश दिएको छैन । त्यो घटना भएको दिन पनि मैले पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गर्ने निर्णय गरेको थिएँ । भदौ२३ गते विहानसम्म जेनजी आन्दोलन शान्तिपूर्ण भएको थियो, तर १२ बजेपछि घुसपैठ गर्ने तत्वहरुले युवाहरुलाई घेरेर निषेधित क्षेत्रतर्फ लगिरहेको भिडिओ देखिएको छ । तर, योजनावद्ध रुपमा केही समूहले बालबालिका र स्कुल ड्रेसमा संसद् भवनसम्म पुर्याएका थिए ।’
https://www.facebook.com/share/v/1NRANYN46T

