रवि लामिछाने अस्पतालबाट डिस्चार्ज, सुदन गुरुङलाई सुरक्षा थ्रेट

नेपाल दर्पण, काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । यही माघ ५ गते जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो । त्यसक्रममा देब्रे खुट्टामा घाउ भएको र त्यो निको नभएर छालामा इन्फेक्सन भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

एन्टिबायोटिक्स खाँदा पनि निको नभएपछि लामिछानेलाई अस्पतालको हाडजोर्नी विभागअन्तर्गत भर्ना गरिएको थियो । उनलाई नसाबाट औषधि चलाइएको थियो । अस्पताल स्रोतले दिएको जानकारी अनुसार, लामिछाने बिहीबार (माघ १५) डिस्चार्ज भएका हुन् ।

यता, जेन्जी अगुवा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य सुदन गुरुङको सुरक्षा थ्रेट भएको पार्टीले बताएको छ । पार्टीका जिल्ला सचिव मिलन रानाको हस्ताक्षर रहेको उक्त पत्रमा हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट व्यक्तिगत रूपमा उम्मेदवार गुरुङलाई सुरक्षा खतरा बढेको उल्लेख छ ।

‘प्राप्त विभिन्न गोप्य सूचनाअनुसार हातहतियारसहित केही व्यक्तिहरुको समूहबाट व्यक्तिगत रुपमा सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको हुँदा आवश्यक पीएसओसहित सुरक्षा व्यवस्था गरिदिनुहुन अनुरोध गर्दछु,’– जिल्ला सचिव रानाले लेखेको पत्रमा भनिएको छ । समितिले प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदन गुरुङका लागि पीएसओ माग गर्दै गोरखा जिल्ला प्रशासन कार्याललाई पत्राचार गरेको छ ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

9 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.