राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्पताल भर्ना

नेपाल दर्पण, काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् । खुट्टामा लागेको चोटको उपचारका लागि लामिछाने महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेका हुन् । लामिछानेको देब्रे खुट्टामा समस्या देखिएपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका स्वकीय सचिव अविनाश आचार्यले बताए ।

उनको देब्र खुट्टाको छालामा संक्रमण देखिएको थियो । सोही कारण उनी घरमा आराम गरेर बसेका थिए । खुट्टा चेकजाँचका क्रममा चिकित्सकले अस्पतालमा भर्ना भएर उपचार गर्न सुझाएपछि उनी भर्ना भएका हुन् । लामिछानेको सचिवालयका अनुसार गएको माघ ५ गते जनकपुरको सभामा उपस्थित हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो ।

उक्त चोट बढ्न थालेकाले उपचारका लागि शिक्षण अस्पताल पुगेको उनको सचिवालयले जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको जनाइएको छ ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

9 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.