रवि लामिछाने र बालेन शाहमाथि कुलमान र प्रचण्डले गरे हमला

नेपाल दर्पण, काठमाण्डौ ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङ र नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपालाई व्यङग्य हानेका छन । कुलमानले रवि लामिछाने नेतृत्वको रास्वपासँगको एकता प्रक्रियामा सामेल भएपछिको १२ दिन उनेपालाई धेरै घाटा भएको र आफूहरू कोमामा पुगेको बताएका छन ।

अब भने आफूहरु विचलित नभईकन देशकै नेतृत्व लिनेगरि अघि बढ्ने विश्वास दिलाए । रास्वपाले यो अवधिमा आफूमात्रै नयाँ शक्ति भनेर सोसल मिडियामा हल्ला गरिरहेको भन्दै उनेपा चाहीँ नयाँ शक्ति भएको दाबी गरे । उनले थपे,नयाँ शक्ति भनेको हामी नै हो भनेर लागिरहेका छन्, सोसल मिडियामा क्याम्पेन गरेर मात्रै हुँदैन । उज्यालो नेपाल पार्टी नै नयाँ शक्ति हो।’

यस्तै, दाहालले अहिले सोसल मिडियामा स्टन्टबाज गरेको भरमा जनताको दिमाग चाट्ने काम भएको टिप्पणी गरेका छन् । उनले रवि लामिछाने र बालेन शाहलाई लक्षित गरेर यस्तो टिप्पणी गरेका हुन् । अब एकताबद्ध भएरमात्र स्टन्टबाजहरुलाई रोक्न सकिने पनि उनको भनाई छ । उनले पुराना सहकर्मीहरुलाई एकतामा आउन आह्वानसमेत गरे । उनले भने,‘अब पनि एक्ला एक्लै हिँडेर केही हुनेवाला छैन । राष्ट्रलाई माया गर्ने, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन, जनताको विकास र समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्न एकताबद्ध हुनुको विकल्प छैन ।’ उनले रास्वपालाई लक्षित गर्दै अहिले घण्टी बजाएर केही हुनेवाला नभएको पनि टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *