कमल थापाले राजा ज्ञानेन्द्रसँग मागे माफी, अब नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धता

नेपाल दर्पण, काठमाण्डौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी का नेता एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग माफी मागेका छन । आफूले विगतमा गरेको नकारात्मक टिप्पणी गलत थियो भन्ने अनुभूति भइरहेको बताउदै राजासँग माफी मागेका हुन । थापाले राजसंस्थाप्रतिको आफ्नो आस्था र विश्वास सधैंै अटल र अविचलित रहेको बताएका हुन् ।

‘करिब ३÷४ वर्ष अगाडि विभिन्न कारणले गर्दाखेरी राजाप्रति मैले नकरात्मक टिप्पणीहरु गरें । त्यो आफैंमा ठीक थिएन भन्ने मलाई लागिसकेको छ । राजसंस्थाप्रतिको मेरो आस्था र विश्वास सधैं अटल र अविचलित रहेको छ,’– नेता थापाले भने ।

आफूहरुबीचमा केही भ्रमहरु भए पनि ज्ञानेन्द्रसँगको भेटपछि अहिले भ्रमहरु सबै सकिएको उनले बताए । साथै, ‘अब नयाँ ढंगले अगाडि बढ्नुपर्छ’ भनेर पूर्व राजा ज्ञानेन्द्रलाई भनेको पनि उनले बताए । पूर्व राजाबाट पनि त्यहीअनु्सारको विश्वास र भरोसा आफूले पाएको उनले सुनाए । पूर्व राजा ज्ञानेन्द्र र आफ्नोबीचमा अहिले कुनै पनि भ्रम, तिक्तता र अविश्वास नरहेको उनले बताए । स्मरण रहोस राजेन्द्र लिङदेन अध्यक्ष चुनिदा थापाले राजाले भूमिका खेलेको आरोप लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *