७६ जना बच्चाको हत्यारा र मतियार ओलीसँग एउटै मञ्चमा उभिन सकिदैनः बालेन

नेपाल दर्पण, काठमाण्डौ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको बताइरहँदा बालेनले सहभागी नहुने प्रतिक्रिया दिएका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह र नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पब्लिक डिबेटका लागि आह्वान गरेपछि बालेनले जवाफ फर्काएका हुन् । देश जलाउने र बनाउने बीच बहस हुनुपर्छ भन्ने ओलीको प्रस्तावमा बालेनले हत्यारा र त्यसको मतियारसँग एउटै मञ्चमा बसे आफू पनि त्यसमा सामेल भएको मानिने भन्दै एउटै मञ्चमा नबस्ने बताउँदै जवाफ फर्काएका हुन् ।

आइतबार बिहान ओलीले लेखेको फेसबुक पोस्टमा कमेन्ट गर्दै बालेनले लेखेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’ उनले थपेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठीकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यो पछि अरू कुरा गरौँला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *