रास्वपालाई बाहिरबाट दबाब आएपछि एकता भाडियोःकुलमान घिसिङ

नेपाल दर्पण, काठमाण्डौ ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकताका क्रममा आफूले कुनै पदको ‘बार्गेनिङ’ नगरेको बताएका छन् । अध्यक्ष घिसिङले एकता भंग गर्न रास्वपालाई अन्यत्रबाटै दबाब आएको हुन सक्ने आशंका व्यक्त गरे । शनिबार (माघ १०) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफू रवि लामिछानेलाई सभापति र बालेन्द्र शाह (बालेन)लाई वरिष्ठ नेता स्वीकार गरेर नै रास्वपासँग एकता प्रक्रियामा गएको भन्दै पदको बार्गेनिङ गरेको भन्ने आरोप सही नभएको बताएका हुन् ।

पार्टी व्यवस्थापनका विषयमा आफूले छलफल गर्दा रास्वपाका शीर्ष तहबाट एकता भंग भएको जानकारी आएको उनले उल्लेख गरे । समानुपातिक उमेदवार चयनका क्रममा उज्यालो नेपाल पार्टीले त्याग नै गरेको उनले जिकिर गरे । प्रत्यक्षमा उज्यालो नेपालका तर्फबाट अलि बढी उमेदवार उठाउने प्रस्ताव आफूहरूले गरेको उनले स्पष्ट पारे । उनले प्रत्यक्षतर्फको उमेदवार उठाउने विषयमा भनाइ राख्दा रास्वपाले एकता भंग गरेको र आफू आश्चर्यचकित भएको उल्लेख गरे ।

घिसिङले जेन–जी सहिद परिवारका लागि रोजगारीको व्यवस्था गर्ने सन्दर्भमा विद्युत् प्राधिकरणसँग छलफल गरी प्राधिकरणको बोर्डबाट सोका लागि स्वीकृत प्राप्त भइसकेको बताएका छन् । उनले यस विषयमा बोर्डले स्वीकृति दिएसँगै हाललाई निवेदन दिएकामध्ये २७ जनाका लागि रोजगारीको व्यवस्था गरिएको जानकारी दिए । ‘हाललाई निवेदन दिएकामध्ये २७ जना गएर काम गर्न सक्नुहुन्छ, बाँकीका लागि पनि थप व्यवस्था गर्दै जाने छौं । हामीले यो व्यवस्थाका लागि सरोकार भएका निकायका प्रतिनिधिसँग समन्वय र सहकार्य गर्दै जाने छौं,’ अध्यक्ष घिसिङले भने । मुलुकको हित र जनचाहना नबुझ्ने शक्तिलाई विस्थापित गरेर जेन–जी सहिदका माग पूरा गर्न सकिने उनले धारणा राखे ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

9 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.