पूर्वि जिल्लाका मतदातासँग भेटेर काठमाण्डौं फर्किए बालेन

नेपाल दर्पण, काठमाण्डौ ।

रास्वपा वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन् । इटहरी हुदै विमानमा उनी काठमाडौं फर्किएका हुन् । गत ४ माघमा बालेनले पदबाट राजीनामा दिएका थिए । लगत्तै सोही दिन उनी जनकपुर पुगेका थिए । जनकपुरमा माघ ५ गते आयोजित सभामा सहभागी भएर उनी त्यहाँबाटै झापा गएका थिए । झापा–५ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराएका बालेन त्यसपछि पूर्वका केही जिल्लामा पुगे ।

इलाम, ताप्लेजुङ, पाँचथर र तेह्रथुमका विभिन्न क्षेत्रमा पुगेर समर्थकलाई उनले भेट गरेका थिए । शनिबार बिहान धनकुटा सदरमुकाम पुगेका बालेन त्यहाँ भने गाडीबाट नओर्लि फर्किएका थिए । दिउँसो २ बजे बजार परिक्रमा गर्ने कार्यक्रम तय भए पनि विराटनगरमा आयोजना गरिने आमसभामा सहभागी हुनुपर्ने भएकाले कार्यक्रम स्थगन गरिएको रास्वपा धनकुटाका अध्यक्ष बालनन्द दाहालले जानकारी दिए ।

शनिबार बिहान धनकुटा सदरमुकाम आउनुपूर्व बालेनले हिले बजारमा भने केही समय पैदल हिँड्दै समर्थक र मतदातासँग भेटघाट गरेका थिए । जिल्लास्तरीय कार्यकर्ताले सामाजिक सञ्जालमा पाख्रिबास बजार र धनकुटा बजारमा व्यापक प्रचार गरे पनि शाहले नभ्याएको बताइएको छ। पाख्रिबासको कार्यक्रमको तयारी पूरा भए पनि शाह पाख्रिबास नै गएनन् । रास्वपा धनकुटा सभापति दाहालले साहको विशेष कामले विराटनगर नपुगी नहुने भएकाले धनकुटाको कार्यक्रम रद्द भएको जानकारी दिए । झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका शाह त्यस आसपासका जिल्लामा चुनावी अभियान सञ्चालन गरिरहेका छन् ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

9 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.