कांग्रेसले गगनलाई बनायो प्रधानमन्त्रीको उम्मेदवार, बटम लाइन “बदल्यौं कांग्रेस, बदल्छौं देश”

नेपाल दर्पण, काठमाण्डौ ।

नेपाली कांग्रेसले सभापति गगन कुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्य समिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए । शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्य समिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो। बैठकलगत्तै उनले प्रधानमन्त्रीको उमेदवार किन घोषणा गर्नुप¥यो भन्ने धारणा राखेका थिए । ६ वटा बुँदा अघि सार्दै सातौँ बुँदामा उनले थापालाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरिएको जानकारी गराए ।

बैठकपछि उपसभापति विश्वप्रकाश शर्माले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय भएको जानकारी दिए । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै अन्य राजनीतिक दलहरूले पनि प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिसकेका छन् । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ ।

थापाले सर्लाही–४ बाट उम्मेदवारी दिएका छन् । टिकट वितरणमा ढिलाइ भएपछि थापाले वारेसमार्फत उम्मेदवारी मनोनयन गराएका थिए । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचितपछि पहिलो पटक पार्टी कार्यालय पुगेर आजै पदवहाली गरेका हुन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको बताएका छन् । सभापति थापाले बैठकको माइनटमा पनि कांग्रेस बदलिएको र अब देश बदल्ने उल्लेख गरेका छन् । ‘बदल्यौं कांग्रेस, बदल्छौं देश, यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ– देशको सन्तुलन,’ बैठकको माइनटमा उनले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *