जाँचबुझ आयोगको म्याद थपियो, दुई मिलियन अमेरिकी डलर सहयोग स्विकार



नेपाल दर्पण, काठमाण्डौ ।
सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको म्याद थप्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद २० दिन थप्ने निर्णय गरेको हो । ‘भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने,’– गृहमन्त्री ओम प्रकाश अर्यालले निर्णय जानकारी गराउँदै भने ।
यस्तै, सरकारले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा खण्ड आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले अनुदान सहायता स्वीकार गर्नेलगायत अन्य निर्णय गरेको सरकारका प्रवक्ता गृहमन्त्री अर्यालले बताए ।

