सत्तामा पुगेपछि सबैको हिसाब हुन्छःरवि लमिछाने, सहि मान्छे चुन्नुसः बालेन



नेपाल दर्पण, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले देशका लागि आवश्यक व्यक्ति र पार्टीलाई चुनावमा जिताउन जनतालाई आग्रह गरेका छन । रास्वपाले सोमबार जनकपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै शाहले देशका लागि काम गरेर देखाउने मान्छेको खाँचो रहेको भन्दै अहिले देशका लागि आवश्यक व्यक्ति र पार्टीलाई चुन्ने सहि समय आएको बताए ।
मधेशको छोरालाई प्रधानमन्त्री बनाउनका लागि घण्टीमा मत दिन उनले आग्रह गरे । त्यस्तै शाहले मुलुक संघीयतामा गइसकेपछि प्रदेश सरकारलाई अधिकारविहीन बनाइको उल्लेख गरे । प्रदेशभित्रको अधिकार माग गर्न काठमाडौं जानुपर्ने बाध्यतालाई अन्त्य गर्नुपर्ने उनको भनाइ छ । उनले काठमाडौं महानगरको प्रमुखको जिम्मेवारीमा रहँदा आफूले धेरै काम गरेको भन्दै अव मधेश र देशका लागि काम गर्ने बताए ।
यस्तै, रास्वपाका सभापति रवि लामिछानेले आगामी निर्वाचनबाट रास्वपा सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन् । चुनाबी सभालाई सम्बोधन गर्दै लामिछानेले अघिल्लो चुनावमा आफूले सबैभन्दा धेरै मत पाएको भन्दै आगामी निर्वाचनमा पार्टीले सबैभन्दा बढी मत पाएर ठूलो पार्टी बन्ने दाबी गरे । केहीले रास्वपा मधेशमा कमजोर रहेको भन्ने गरे पनि अहिले पार्टी मधेशमा समेत बलियो भएको उनले बताए । उनले आफूविरुद्ध अघिल्लो सरकारले धेरै मुद्दा लगाएको भन्दै जनताको मुद्दा बोकेको मान्छेलाई अरु मुद्दाको मतलब भएको बताए। देशको हितलाई केन्द्रमा राखेकै कारण आफू र बालेन एकै ठाउँमा आएको उनको भनाइ छ ।
उनले जेनजी युवाहरूलाई गोली ठोकेको सरकारले लगाएको मुद्दाले आफूलाई फेरि जेलमा पु¥याए पनि अब देशले बालेन पाएकाले कुनै चिन्ता नरहेको बताए । लामिछानेले आफूहरू सरकारमा पुगेपछि देश लुटेर कमाएको भ्रष्टाचारको हिसाब गर्ने स्पष्ट पारे ।

