झापा ५ मा ओलीसँग रञ्जित तामाङलाई भिडाउदै प्रचण्ड, बालेनको पनि तयारी



नेपाल दर्पण, काठमाण्डौ ।
विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङ ओलीसँग चुनावमा भिड्ने भएका छन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उनलाई झापा–५ मा उमेदवार बनाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा–५ बाट चुनाव लड्न तामाङलाई टिकट दिएका हुन् । तामाङले आज बिहान अध्यक्षले टिकट दिएको जानकारी दिए । “अध्यक्षज्यूले आज बिहान टिकट दिनुभएको हो । झापा–५ बाट उमेदवार बन्दै छु,” उनले भने ।



झापा ५ मा ओलीसँग प्रतिस्पर्धा गर्नका लागि टिकट पाएसँगै तामाङले भनेका छन्, ‘हिजो पनि जन्ति–मलामी गएको छु । आज पनि जान सक्ने र भोलिको पनिको पनि हुनेछु । अरु हुन सक्दैनन, हुदै हुदैनन पनि । म जनताको छोरा, स्थानीय साथी हुँ । हरेकले परेको बेला मसँग सिधा कुरा गर्न सक्छ । दुःखसुख साट्न सक्छ, जो अरुसँग सम्भव छैन । यस कारण म झापा ५ नै रोजेको हुँ । यहाँको मतदातासँग आशा राखेको हुँ ।’



स्मरण रहोस, झापा–५ पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्र हो । सोही क्षेत्रबाट बालेन्द्र शाह (बालेन) पनि चुनाव लड्ने तयारीमा छन् ।

