रवि लाछिानेको मुद्दा फिर्ता लिने निर्णय विरुद्ध युवा संघको प्रर्दशन

नेपाल दर्पण, काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई संगठित अपराध तथा सम्पति शुद्धीकरणजस्ता जघन्य अपराधमा उन्मुक्ति दिएको भन्दै नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । संघले काठमाडौमा सरकारको उक्त निर्णयको विरोध गर्दै प्रदर्शन गरेको हो ।

गैरकानुनी, अनैतिक र दण्डहिनतालाई प्रश्रय दिने काम स्वीकार्य नहुने भन्दै प्रदर्शन गरिएको युवा संघले जनाएको छ । राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महाराज गुरुङले संगठित अपराध तथा सम्पति शुद्धीकरणजस्ता जघन्य अपराधमा उन्मुक्ति दिने कदम दण्डहिनताको पराकाष्ठा भएकोले विरोध गरिएको बताए । त्यस्तै, अन्य ठूला प्रकरणमा पनि सरकारको ध्यान जान नसकेको र सेटिङमा चल्न थालेको उनले आरोप लगाए ।

सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु राई, सञ्चालक छविलाल जोशीलगायतको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकी थिईन् । महान्यायाधिक्ता भण्डारीद्वारा भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णयको चौतर्फी विरोध भइरहेको छ ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

10 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.