सुशीला सरकार ढलाउन जेनजी अगुवा मिराज र नेत्रविक्रमबिच सहमति

नेपाल दर्पण, काठमाण्डौ ।

नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ । बिहीवार माइतीघरमा दुई पक्षबीच चार बुँदे सहमति भएको नेकपा (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्दले जानकारी दिए । हस्ताक्षरपछि माइतिघरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले ऐतिहासित सहमति भएको दावी गरे ।

उनकाअनुसार अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, राज्यको अग्रगामी पुनर्संरचना गर्ने, सर्वपक्षीय सहमतिका लागि पहल गर्ने, भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने र जेन–जी विद्रोहका माग पूरा गर्न संघर्ष गर्ने विषयमा दुई पक्षबीच सहमति भएको हो । उनले आन्दोलन गन्तव्यमा नपुग्दासम्म आन्दोलनको विषय बनिरहने जिकिर गरे ।

सहमतिको पहिलो बुँदामा सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनको लागि संघर्ष गर्ने कुरा उल्लेख गरिएको छ । यस्तै, जेनजी विद्रोहका मागहरु पूरा गर्न संघर्ष गर्ने कुरा दोस्रो बुँदामा उल्लेख गरिएको छ । आन्दोलन र जनताको चाहनाबमोजिम संविधानको संशोधन, स्थिर सरकार, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनःसंरचनाका लागि संघर्ष कुरा पनि सहमतिमा समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *