गगनले गलाए देउवा, झुक्यो संस्थापन पक्ष

नेपाल दर्पण, काठमाण्डौ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महामन्त्री गगन थाले गलाएरै छाडेका छन । अब देउवाले विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल गर्ने भएका छन् । महामन्त्रीद्वय शर्मा र थापासँग देउवाले छलफल गर्ने पनि बताइएको छ । देउवा निवासमा भएको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति देउवा,कार्यवाह सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरु विशेष महाधिवेशन पक्षधरसँग छलफलको लागि तयार भएको बताएका हुन् ।

पार्टी एकता कायम राख्नका लागि संस्थापन पक्ष लचिलो भएको बताइएको छ । यता हिजोदेखि भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशन मंगलबारसम्म लम्बिएको छ । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने उनले बताए । दुई प्रतिवेदनमाथि समूहगत छलफल जारी रहेकाले मङ्गलबार प्रत्येक समूहले निष्कर्ष सुनाउने कार्यक्रम छ । “पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ । सोहीअनुसार प्रक्रिया अगाडि बढेको छ”, संयोजक पोखरेलले भने ।

उनले महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि नाम दर्ता गर्ने संख्या बढेको र हालसम्म ६३ प्रतिशत पुगेको जानकारी दिए । यता देउवा पक्षले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक मंगलवार बिहान ११ बजेका लागि बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सानेपामा बस्ने बैठकमा कांग्रेसको वर्तमान विवाद र त्यको निकासका विषयमा छलफल हुने छ । संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन अवैधानिक भनिरहेका छन् भने विशेष महाविधेशन पक्षधरले भने नेतृत्व चुन्ने गरी अघि बढेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *